सागर पोख्रेल
कावासोती, मंसिर २०
नवलपुर उद्योग बाणिज्य संधको आयोजनामा २ दिने भिसिटिएस तथा लेखा तालिम आज(शुक्रबार) देखी कावासोती नगरपालिकाको सभाहलमा शुरु भएको छ ।
तालिममा बोल्दै राजश्व अनुसन्धान विभाग बुटबलका अनुसन्धान अधिकृत शुशिल पनेरुले राजश्व अनुसन्धान विभाग व्यावसायी सग कर अशुल्न नभई गैरकानुनि प्रक्रियाबाट हुने व्यावसायीक कारोबार रोक्न र नियमानुसार कार्य गर्ने व्यावसायीको संरक्षणका लागी स्थापना गरीएको संस्था भएको जानकारी दिनुभएको छ ।
तालिममा सहभागी उद्योगी व्यापारीहरुलाई भिसिटिएस सम्वन्धि तालिम प्रदान गर्दै विभागले राजश्व , कर र भन्सार छली गरीने व्यावसायलाइृ कानुनु दायरामा ल्याउनको लागी सरकारले भिसिटिएस सम्वन्धि व्यावस्था लागु गरेको बताउनु भयो ।
सामान ढुवानीको समयमा व्यावसायीले पाउने झन्झटबाट मुक्त दिन समेत भिसिटिएसको व्यावस्था गरीएको बताउनु भएको छ । साथै खुद्रा व्यापारीहरुले भिसिटिएसव चुहावट सग सम्वन्धित उजुरीको आधारमा छानविन गरीने भएको समेत जानकारी दिनुभयो ।
नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षता एवम् कावासोती नगरपालिकाकी नगर प्रमुख चन्द्रकुमारी पुनको प्रमुख आतिथ्यतामा संचालीत कार्यक्रमको संयोजन कावासोती नगरपालिकाले गरेको थियो भने राजश्व अनुसन्धान विभाग बुटबल र करदाता सेवा कार्यालय कावासोतीको सहकार्यमा कार्यक्रम संचालन गरीएको नवलपुर उद्योग बाणिज्य संधका बरीष्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारी दिनुभयो ।
तालिम सनिबार सम्म संचालन गरीने र सनिबार करदाता सेवा कार्यालय कावासोतीका कर अघिकृत अमृत अघिकारीले करदाता शिक्षा प्रदान गर्ने तालिका रहेको संघका सचिब हरी सुवेदीले जानकारी दिनुभयो ।
पछिल्लो समय सरकारले लागु गरेको भिसिटिएस प्रणाली र नयाँ कर नितीको बिषयमा उद्योगी व्यावसायीलाई जानकारी दिन कार्यक्रमको आयोजना गरीएको नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलले बताउनुभयो ।

SHARE