प्रिय धन
२० पुस २०७६
मध्यविन्दु नगरपालिका वडा नंं ७ मा रहेको नवजागरण बहुमुखी क्याम्पसमा मध्यविन्दु नगरपालिका ले एक करोड रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । स्नातकोत्तर सञ्चालनार्थ आयोजना हुन लागेको श्रीमद् भागवत तथा धन धान्याञ्चल ज्ञान महायज्ञ संचालन समयमा उक्त रकम सहयोग गरिने मध्यविन्दु नगरपालिका का प्रमुख चन्द्र बहादुर रानाले बताउनुभयो । आज नगरप्रमुख रानाले शिक्षा जस्तो विकासको मेरुदण्डमा आफूहरु लगानी गर्न उत्सुक भएको भन्दै नवजागरण बहुमुखी क्याम्पस लाई गुणस्तरीय सुनिश्चितता प्रत्यायन Q A A प्राप्त गरी छाड्ने र जिल्लाकै नमुना डिग्री कलेज बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

क्याम्पसमा यही पुस २७ गते देखि माघ ६ गते सम्म धान्याञ्चल सञ्चालन हुँदैछ । केदारनाथ का पीठाधिश जगत गुरु श्री भिमाशंकरलिङ्ग शिवाचार्य महाराज एबम् युवा बाचक भागवत अलङ्कार पदवीले विभूषित पण्डित नेत्र प्रसाद पराजुली को मुखारविन्दबाट धान्याञ्चल सञ्चालन हुँदैछ ।

SHARE