खगेन्द्र पराजुली,
२३ पौष, नवलपुर
नवलपुर उद्योग बाणिज्य संघले आयोजना गर्ने छैंठौं नवलपुर महोत्सवको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय अध्यक्ष भवानी राणाले गर्ने पक्का भएको छ ।
माघ नौ गतेबाट १९ गतेसम्म ११ दिन चल्ने महोत्सवको शोभायात्रा सहितको उद्घाटन महासंघका अध्यक्ष राणाबाट हुने र महाेेेेेत्सव अतिथि सत्कार उप समिति      सयाेजक तथा सस्थाका बरिस्ठ उपाध्यक्ष  पुष्प पाण्डेले  जानकारी दिनुभयो ।
आज महोत्सवमा आतिथ्यताको निम्तो दिन नवलपुर उघाेग बाणिज्य सघका अध्यक्ष तथा छैठौं नवलपुर महाेत्सव मुल अायाेजक समिति संयाेजक डासु राज पाेखरेल सहितकाे टाेलिले काठमाण्डौ पुगेपछि उद्घाटन तथा महोत्सव शुभारम्भको प्रमुख आतिथ्यताको टुंगो लागेको हो ।
त्यस्तै, महोत्सवको पुर्बार्धमा महोत्सवलाई सफल पार्न उद्योग बाणिज्य संघ मातहत महोत्सव मूल समारोह समिति र उपसमितिहरुले तयारिलाई तिबर्ता दिएका छन् ।
प्रचार प्रसार उप समिति सयोजक हरि सुवेदिका अनुसार प्रचारात्मक अभियानलाई महत्वपूर्ण रुपमा तिब्रता दिईएको छ । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत फलफुल चोक र डण्डा बजारमा २ बटा व्यानर सहितको स्वागतद्धार निर्माण भैसकेको र  लोगो अंकित सडक व्यानर टाँगिसकिने बताउनुभयो ।
महोत्सवमा राखिने २ सय ७५ स्टलमध्ये हालसम्म अटो, महिला उधमि, कृषि र व्यावसायिक गरि करिव १७५ स्टल बुकिङ भईसकेको स्टल सयोजक सागर पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव कावासोती ३ स्थित नमूना सदरमुकाम निर्माल स्थल राममन्दिर नजिककैको खुल्ला मैदानमा लाग्नेछ ।

SHARE