बिर बहादुर बिसी
पौष २७,बौदीकाली नवलपुर

नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिकाका २० जना कृषकलाई एक कार्यक्रम साथ सम्मान गरिएको छ ।बौदीकाली गाउँपालिका कृषि शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाको ६ वटै वडाबाट ब्यबसायिक रुपमा कृषि ब्यबसाय अपनाई रहेका उत्कृष्ट किसानलाई सम्मान पत्र सहित गार्डेन पाईप समेत प्रदान गरिएको हो ।परम्परागत तवरले कृषिनै पहिलो पेशाको रुपमा अपनाएका यहाँका बासिन्दा अहिले आएर कृषि प्राबिधिकको परामर्शबाट हाल ब्यबसायिक र आधुनिक प्रबिधिबाट पनि तरकारी खेती,माछा पालन,कुखुरा,बुङ्गुर ,बाख्रा पालन र खेतिपाती गर्न थालेका छन ।ग्रामीण भेगमा बसोबास गर्ने किसानलाई आधुनिक र ब्यबसायिक कृषि प्रबिधिमा आकर्षण गर्दै अर्गानिक खाद्यन्न उत्पादन बढाउदै कृषिबाटनै आत्मनिर्भर बनाउने र किसानलाई हौसला दिने उद्देश्यका साथ यस्तो सम्मान गरिएको बौदीकाली कृषि शाखा प्रमुख शकर तिवारीले बताए ।बौदीकाली गाउँपालिकाको सभाहलमा बौदीकाली गाउँपालिका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा उपाध्यक्ष मायादेबी श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत बिनोद खनाल,वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

SHARE