सागर पोख्रेल
पुस २६
नवलपुर उद्योग बाणिज्य संघद्धारा आयोजीत छैठौं नवलपुर महोत्सवको तयारी तिब्र पारीइको छ । महोत्सव स्थलमा अहिले स्टल निर्माण कार्य तिब्र बनाईएको महोत्सव प्रवक्ता बैकुण्ठ अर्यालले जानकारी दिनुभएको छ ।
माघ ९ गतेबाट १९ गतेसम्म ११ दिन चल्ने महोत्सवको शोभायात्रा सहितको उद्घाटन महासंघका अध्यक्ष राणाबाट हुने र महोेत्सव अतिथि सत्कार उप समिति सयोजक तथा सस्थाका बरिस्ठ उपाध्यक्ष पुष्प पाण्डेले जानकारी दिनुभयो ।
त्यस्तै, महोत्सवको पुर्बार्धमा महोत्सवलाई सफल पार्न उद्योग बाणिज्य संघ मातहत महोत्सव मूल समारोह समिति र उपसमितिहरुले तयारिलाई तिबर्ता दिदै पत्रचार र प्रचार प्रशसरलाई तिब्र पारीएको छ ।
छैठौं नवलपुर महोत्सवमा अहिले सम्मकै भिन्न सेल्फी जोन तयार पारीने सेल्फी जोन संयोजक पुर्ण न्युरोले जानकारी दिनु भएको छ न्युरेका अनुसार नेपाल भ्रमण बर्षको प्रवद्धन गर्दे चितवन राष्ट्रिय निकुञ्ज अन्र्तगत नवलपुर देख्न क्षेत्रमा पाईने एक सिङ्गे गैडा, बाघ र मयुरको कलात्मक मुर्तीको साथै प्रेम अंकित तस्वीर समेत निर्माण गरीने बताउनु भएको छ ।
महोत्सवमा राखिने २ सय २५ स्टलमध्ये हालसम्म अटो, महिला उधमि, कृषि र व्यावसायिक गरि करिव १५५ स्टल बुकिङ भईसकेको स्टल सयोजक सागर पोखरेलले जानकारी दिनुभयो ।
महोत्सव कावासोती ३ स्थित नमूना सदरमुकाम निर्माण स्थल  रामन्दिर नजिककैको खुल्ला मैदानमा लाग्दैछ ।

SHARE