सागर पोख्रेल
माघ ३
छैठौ नवलपुर महोत्सव २०७६ मा हास्य कलाकार देखी लोक दोहोरी कलाकार र जादुगरको सहभागीता हुने भएको छ । आगामी माघ ९ गते देखी शुरु हुने नवलपुर महोत्सवमा वरीष्ठ हास्य ब्याङ्ग कलाकार मनोज गजुरेल, उमेश राई उर्फ फुलन्देको आमा प्याकुली र ठ्यासकुमारी सहित बाल कलाकार कमला घिमिरे, राष्ट्रिलोक दोहोरीका हस्तीहरु बद्री पंगेनी, पशुपति शर्मा, राजु परीयार लगायत दुर्गेश थापा, ज्योती मगर प्रिति आले, आस्था रावत नवलपुर महोत्सवमा आउने छौठौ नवलपुर महोत्सव २०७६का सास्कृतिक संयोजक गोविन्द क्षेत्रीले जानकारी दिनुभएको छ ।
साथै महोत्सवमा नवलपुर डान्स आईडलको छनौट अडिसन समेत शुरु गरीएको सास्कृतिक संयोजक क्षेत्रीले जानकारी दिनुभयो ।
छौठौ नवलपुर महोत्सव २०७६मा गत बर्ष जस्तै यस बर्ष पनी खुल्ला भलिवल प्रतियोगीता समेत संचालन गरीने भएको छ । भलिवल प्रतियोगीताको लागी समुह दर्ताको लागी आह्वान समेत गरीएको छ ।

महाेत्सवकाे प्रचार प्रसार , पत्रचार र स्टल निर्माण तथा बुकिङ कार्य तिर्बरुपमा भईरहेकाे महाेत्सवका प्रवक्ता बैकुण्ठ अर्यालले जानकारि दिनुभयाे ।

SHARE