सागर पोख्रेल

तालिम पश्चात् सामुहिक तस्बिर खिच्दै सहभागी र प्रशिक्षक

माघ ३ गते
खाद्य प्रविधी   तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा नवलपुर जिल्ला भित्र रहेका चार बटा होम स्टे संचालकहरुलाई दुई दिने खाद्य  स्वच्छता गुण हाईजेनीक प्राक्टीस सम्वन्धि तालिम शुक्रबार सम्पन्न भएको छ । बिहीबार देखि शुरु भएकाेे  तालिमको अाज ( शुक्रबार ) सम्पन्न भएको हाेे ।

भिजीट नेपाल २०२० मा आमन्त्रीत अतिथीहरुलाई प्रदान गरीने खाद्यबस्तुमा के के कस्ता कुरामा ध्यानदिनुपर्छ पर्छ ? कसरी खानालाई सफा र शुद्ध गर्न सकिन्छ, खाद्यबस्तुको कसरी भण्डारण गर्ने जस्ता बिषमा तालिम प्रदान गरीएको खाद्य संस्थाकार्यालय प्रमुख विमल कुमार दाहालले प्रकाश पार्नुभएको अमलटारी हामस्टेका व्यावस्थापक धनीराम गुरौले जानकारी दिनुभयो ।
तालिममा खाद्यान्नको भण्डारण गर्ने तरीकाको साथै खाद्य शुरक्षा गर्दा अपनाउनुपर्ने सावधानी र खाद्य शुरक्षा नगर्दा हुन सक्ने हानी नोक्सानीको बारेमा समेत तालिममा जानकारी गराईएको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।
साथै तालिममा कच्चा पदार्थको ताजा कसरी राख्ने , व्याक्तिगत सरसफाई, खाद्यान्नमा हुने मिसावटले पुर्याृने हानी नोक्सानीको बारेमा समेत जानकारी गराईएको प्रमुख दाहालले बताउनु भयो ।
प्रमुख दाहालका अनुसार विशेष गरी सरकारले नेपाल भ्रमण बर्ष मनाई रहदा अतिथीहरुको सत्कार सगै भान्सा कोठा देखी उनीहरुको खानेकुरामा कसरी ध्यान दिन सकिन्छ र कस्ता विषयमा विशेष ख्याल गर्नुपर्छ भन्ने विषयमा तालिम प्रदान गरीएको कार्यालय प्रमुख दाहालले जानकारी दिनुभयो ।
तालिममा पिप्रहर होम स्टे, अमलटारी होम स्टे , थारु अतिथी महिला गृह, रतौल होम स्टे संचालकलाई तालिम प्रदान गरीएको थियो । तालिम खाद्य विभाग भैरहवाका कार्यालय प्रमुख विमल कुमार दाहाल, अघिकृतहरु शुभास वस्ती, शोभा ढुगानाले समेत तालिम प्रदान गर्नुभएको थियो ।

SHARE