पत्रकार सम्मेलनमा जिल्ला फुटबल सघ अध्यक्ष , जिल्ला खेलकुद विकास समिति सहित अायाेजकहरु

१२ माघ, नवलपुर ।

यही फागुन ५ गतेबाट नवलपुरको मध्यविन्दु नगरपालिकामा राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७६ हुने भएको छ । आइतवार नन्दभाउजू मध्यर्ती उपभोक्ता समितिले पत्रकार सम्मेलन गर्दै फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले एकसिंगे गैडा संरक्षणका लागि संस्थाले बर्षेनी प्रतियोगिता आयोजना गर्दे आएको बताउँदै यस पटक पुरस्कार राशी पनि अघिल्लो बर्षको भन्दा दोब्वर बनाएर प्रतियोगिता गर्न लागेको बताउनुभयो ।
राष्ट्रिय स्तरको समूहहरुको सहभागितामा खेल प्रतिस्पर्धा हुने प्रतियोगितामा
प्रथम हुनेले रु १० लाख , दोस्रो हुनेले रु ५ लाख , प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई रु १० हजार, प्रतियोगीता भरको उत्कृष्ट खेलाडीलाई रु २० हजार र सर्वाधीक गोलकर्ताले रु २० हजार नगत सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आर्क्िषत गर्ने उदेश्य आयोजकले लिएको छ ।

पत्रकार सम्मेलनमा जिल्ला फुटबल सघ अध्यक्ष , जिल्ला खेलकुद विकास समिति सहित अायाेजकहरु

त्यस्तै, वहाँले राईनो गोल्डकप नवलपुको एउटा ब्राण्ड नै बनिसकेकाले यसलाई निरन्तरता दिदै ५ बर्षभित्रमा एक सिंगे गैंडा भएका दक्षिण एसियाली राष्ट्रकाबीच दक्षिण एसियाली राईनो संरक्षण एसीयन कप र १० बर्षभित्रमा एक सिंगे र २ सिंगे गैंडा भएका राष्ट्रका बीच राईनो संरक्षण बल्र्डकप फुटबलको रुपमा बिकसीत गरिने महत्वकांक्षी लक्ष्य सार्वजनिक गनर्’भएको छ ।
प्रतियोगीतामा बिभागीय टिम आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी सहित १२ टिमहरुको सहभागिता रहने जनाईएको छ ।

SHARE