कावासोती । चितवनको माडीमा भोलिदेखि शुरु हुने राष्ट्रिय स्तरको तेक्वाण्डो प्रतियोगितामा सहभागि हुने कावासोतीका १९ जना खेलाडीलाई विहीबार कावासोती नगरपालिकाले विदाई गरेको छ ।

कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुन र उपप्रमुख प्रेमशंकर मर्दनियाले खेलाडीहरुलाई विदाई गरेका हुन् । माडी नगरपालिका र माडी तेक्वाण्डो डोजाङ्गको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा नवलपुरको कावासोती तेक्वाण्डो डोजाङ्गबाट १९ जना खेलाडीहरुले भाग लिने प्रशिक्षक तेजबहादुर कुवँर क्षेत्रीले बताए ।

SHARE