नवलपुरको डण्डामा रहेको नवलपुर एकेडेमीले आफ्नो १४ औं बार्षिकोत्सवका अबसरमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरमा ८ सय २ जनाले निशुल्क रुपमा स्वास्थ्य सेवा लिएका छन् । ति मध्ये ३ सय ९६ जना महिला र ४ सय ५६ जना पुरुष रहेको बिद्यालयका प्रिन्सिपल हरिहर अधिकारीले बताउनुभयो । सो स्वास्थ्य शिविरमा आबश्यकता अनुसार सबै प्रकारका परिक्षणहरु गरिएको थियो ।चितवनको भरतपुरमा रहेको मनकामना अस्पताल संगको सहकार्यमा भएको सो निशुल्क स्वास्थ्य शिविरको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्राकुमारी पुनले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै मेयर पुनले स्वास्थ्य र शिक्षा एक आपसमा जोडिने बिषय भएकाले बिद्यालयले गरेको कार्यको प्रशंशा गर्नुभयो । उहाँले फजुल खर्च गरेर बिद्यालयहरुले वार्षिकोत्सव मनाउन भन्दा यस्तै रचनात्मक कार्य गर्न सुझाव दिनुभयो । बिद्यालयले गरेको शिविरबाट समाजका धेरै मान्छे लाभान्वित भएको भन्दै मेयर पुनले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रममा कावासोती नगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष एकादत्त वस्तीले सामाजिक कार्य गरेकोमा बिद्यालयको प्रशंशा गर्नुभयो ।

सो शिविरमा छाती , मुटु , पेट र थाईराईड सम्बनधी बिषेषज्ञ डा. महेन्द्र कुमार अग्रहरी , हाडजोर्नी तथा नशा रोग बिषेषज्ञ डाक्टर शंकर ढकाल , स्त्री रोग बिषेषज्ञ डाक्टर मोना श्रेष्ठ , सर्जरी तथा पाईल्स सम्बन्धी बिषेषज्ञ डाक्टर दिपेन्द्र न्यौपाने ,बालरोग बिषेषज्ञ डा निश्चल मास्के लगायतको टोलीले परिक्षण गर्नु भएको थियो ।

बिद्यालयले फागुन ५ गते आफ्नो बार्षिकोत्सव मनाउँदैछ । सो अबसरमा बिद्यार्थीहरुका लागि निशुल्क दन्त परिक्षण शिविर , आँखा परिक्षण शिविर लगायतका कार्यक्रमहरु पनि तय गरिएको अधिकारीले बताउनुभयो ।

SHARE