नवलपरासी, २८ माघ । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ छरछरेमा मंगलबार साँझ ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बुलिङ्गटारका सही नारायण पौडेलका अनुसार दुर्घटनामा परी घटना स्थलमै दुई जना पुरुषको निधन भएको छ ।
ट्याक्टरमा सवार १५ जना मध्ये दुई जनाको घटना स्थलमै मृत्यु भएको र बाँकी १५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले केही बेर अगाडि घाइतेहरुको उद्दार गरी उपचारका लागि कावासोती र चितवन पठाएको जनाएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । ट्याक्टर अनियन्त्रित भएर ट्याक्टर दुर्घटनामा परेको बताइए पनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
छरछरेबाट बुलिङ्गटार जाने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो ।

SHARE