सागर पोख्रेल
कवासोती ,माघ २९ गते
आगामी फागुन ५ गतेबाट नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं. २ राईनो खेल मैदाना हुने राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता–२०७६को तयारी तिव्र पारिएको छ ।
नन्दभाउजू मध्यवर्ती उपभोक्ता समितिको संरक्षण तथा राईनो क्लवको आयोजनामा राईनो सरक्षण गोल्ड कप प्रतियोगीता २०७६ आयोजन गर्न लागीएको राइनो क्लव अध्यक्ष तथा नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दोमनबहादुर भण्डारीले जानकारी दिनुभयो । यस अगी राईनो सरक्षण गोल्ड कप प्रतियोगीता २०७६ नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिले आयोजना गर्दै आएको भएपनि यस बर्ष देखी राईनो क्लवको आयोजना र नन्द भाउजु मध्यवर्ती उपभोक्ता समिति संरक्षक रहने भएको हो ।
एकसिंगे गैडा संरक्षणका लागि संस्थाले बर्षेनी राईनो सरक्षण गोल्ड कप प्रतियोगीता आयोजना गरिदै आइएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । राईनो सरक्षण गोल्ड कप प्रतियोगीता २०७६मा विभागीय टिम र ए डिभिजन क्लवको सहचागीता रहने हुने आयोजक प्रचार प्रशार समितिका संयोजक बिष्णु अधिकारीले जानकारी दिनुभयो । प्रतियोगीतामा बिभागीय टिम आर्मी, शशस्त्र प्रहरी, नेपाल प्रहरी सहित १२ टिमहरुको सहभागिता रहने प्रचार प्रसार समिति संयोजक अधिकारीले जानकारी दिनुभएको छ ।

राइनो कप फुटबल प्रतियोगिता–२०७६को लागी राईनोे खेल मैदानमा आयोजन ागर्न लागीएको हो । खेल अवलोकनका लागी दर्शकदृधमा प्याराफिटको जडान कार्य तिब्र रुपमा गरीएको छ । यस बर्ष देखी मैदानको चारै तर्फ प्याराफिट निर्माण गरीने भएको छ ।
फागुन ५ गते देखी राईनो खेल मैदान मध्यविन्दु २ कोल्हुवामा खेल मैदान मा खेल संचालन गर्न लागीएको छ ।  खेलकुदको माध्यमबाट युवाहरुमा बन्यजन्तु एंवम वातावरण संरक्षण चेतनाको बिकास र बिस्तार गर्ने, प्रतिभान राष्ट्रिय तथा अन्तर्रा््िष्ट्रय खेलाडीहरु उत्पादन गर्ने, खेलकुद तथा पर्यटनको संरक्षण गरी आन्तरिक बाह्य पर्यटक आर्क््िषत गर्ने उदेश्य खेल संचालन गर्न लागीएको क्लवका सचिब बद्रीनाथ नेपालले जानकारी दिनुभएकोछ ।।
नवलपुर जिल्लामा  राईनो गोल्डकप नवलपुको एउटा ब्राण्ड नै बनिसकेकाले यसलाई निरन्तरता दिदै ५ बर्ष भित्रमा एक सिंगे गैंडा भएका दक्षिण एसियाली राष्ट्रकाबीच दक्षिण एसियाली राईनो संरक्षण एसीयन कप र १० बर्ष भित्रमा एक सिंगे र २ सिंगे गैंडा भएका राष्ट्रका बीच राईनो संरक्षण बल्र्डकप फुटबलको रुपमा बिकसीत गरिने महत्वकांक्षी लक्ष्य समेत आयोजकले लिएको छ ।

SHARE