२९ माघ , देवचुली

देवचुली नगरपालिकाका २० जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । परिवर्तनका लागि युवा नेपालले देवचुली-९ विशालटारमा रहेको मनकामना आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आज बुधबार संस्थाको प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबिच सहयोगदाता प्रदिप बराल र रोशन पौडेलको आर्थिक सहयोगमा शैक्षिक सामाग्री वितरण गरिएको हो । विद्यार्थीहरुलाई नियमित रूपमा विद्यालय आउन हौसला प्रदान गर्न साथै पढाईलाई निरन्तरताका लागि आवश्यक पर्ने शैक्षिक सामाग्रीअन्तर्गत कापी, डट्पेन, सिसाकलम, पेन्सिल कलर, इरेजर साप्नर आदि प्रदान गरिएको संस्थाका अध्यक्ष राजु चापागाईंले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक धनमायाँ कडरियाले सहयोगदाता संस्था र व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको निरन्तरताको लागी अनुरोध समेत गर्नुभएको थियो। कार्यक्रममा संस्थाका उपाध्यक्ष विश्वास लामिछाने , युवा अभियान्ता होमनाथ पौडेल, विद्यालयका शिक्षक प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष एवं युवा अभियान्ता विश्वास लामिछानेले गर्नुभएको थियो ।

SHARE