सागर पाेखरेल
फागुन १ गते
बाेडकाष्टिङ एशाेसेशन अफ नेपाल (वान) गण्डकी प्रदेश कमिटिकाे अायाेजनामा वर्तमान परिपेक्षमा रेडियोकाे भुमिका र चुनाैति बिषयक कार्यक्रम सम्पन्न गरेकाे छ । गण्डकी प्रदेशका अान्तरिक मामिला तथा कानुन मन्त्री हरि वहादुर चुमानकाे प्रमुख अातिथ्यतामा रेडियो दिवस मनाएकाे छ ।
मन्त्री चुमानले सरकारले गरेका राम्रो कामकाे प्रचार प्रशार समेत पत्रकारले स्थान नदिने गरेको भन्दै स्थानिय , प्रदेश सरकारले सन्चारगृह सन्चालन गर्ने बिषायमा छलफल समेत शुरु गरीएकाे उजागर गर्नुभयाे ।
रेडियोले राजनितिक तथा सामाजिक परिवर्तनमा महत्वपुर्ण भुमिका खेल्न सफल भएकाे भन्दै देश वर्तमान अवस्था सम्म खेलेकाे भुमिकाकाे समेत खुलेरै प्रशसा समेत गर्नुभयाे ।
कार्यशाला गाेष्ठिमा कार्यपत्र पेश गर्दै वानका निवर्तमान अध्यक्ष गाेपाल झाले देशकाे परिवर्तनमा रेडियोकाे भुमिका महत्वपुर्ण रहेको बताउदै ,वर्तमान अवस्थामा रेडियोकाे चुनाैति , सम्भाव्यता र रेडियोले गर्नुपर्ने दायित्वकाे विषयमा कार्यपत्र समेत प्रस्तुत गर्नुभयकाे थियाे ।
गाेष्टिमा अान्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब गाेपिकृष्ण रेग्मिले रेडियो सन्चारकाे सम्वाहक भएकाे भन्दै रेडियोलाई अझ प्रभावकारि बनायर लैजानुपर्ने बताउनुभयाे ।
कार्यक्रममा वानका सस्थापकहरु , पत्रकार महासघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पाैडेल, वान महासचिव दुर्गा अधिकारी लगायतले देशकाे अार्थिक, सामाजिक र राजनीतिक परिवर्तनमा रेडियोले खाेलेकाे भुमिकालाई राज्यले उपहास गरेको भन्दै प्रदेश सरकारले व्यावसायिक रेडियोहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन अाउन जरुरि रहेको बताउनु भयाे ।
कार्यक्रम वान गण्डकी प्रदेशका संयाेजक किरण लाेहनिकाे अध्यक्षता , सह सयाेजक सागर पाेखरेलकाे स्वागत मन्तव्य र सचिब कमल बरालकाे समन्वयमा सम्पन्न गरियकाे थियाे ।

SHARE