एफ. सि. विजय युथ हेटौडाका विदेशी मुलमा खेलाडी वाईसु ओलेटी खान हमको हेट्रिक

कावासोती
फागुन ७
राईनो संरक्षण गोल्डकप प्रतियोगिताको पाचौ सस्करणको आज बुधवार सम्पन्न तेस्रो दिनको खेलमा एफ. सि. विजय युथ हेटौडाका विदेशी मुलमा खेलाडी वाईसु ओलेटी खान हमको हेट्रिक सगै झापा ११ लाई ६– १ को फराकिलो गोल अन्तरले पराजित गरेको छ ।
एफ. सि. विजय युथ हेटौडाका जर्सि नम्वर ८का विदेशी मुलमा खेलाडी वाईसु ओलेन्टेखान हमले ३ गोल गरे भने , १७ का हिसाव थपलियाले २ र १३ नम्वर जर्सीका एलिश तामाङले १ गोल गरेका थिए ।
खेलमा झापा ११ बाट खेलेका जर्सी नम्वर ११ रोमन भुजेलले सान्तोना गोल गरेका थिए ।
बिहीवारको खेल नेपाल पुलीस क्लव र सेन्टर कलेज अफ वि एफ सि चितवन बिच हुने प्रचार प्रसार समिति संयोजक बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
राईनो फुटबल प्रतियोगितामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
विश्वकै दुर्लभ एकसिंगे गैडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले नवलपुरमा विगत १६ बर्षदेखि आयोजना गरिदै आएको प्रतियोगिता सोमवारदेखि शुरु भएको हो ।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् ।

SHARE