सनिबार सम्पन्न क्वाटर फाइनलमा हेड गर्दै बल अगाडी बढाउने प्रयासमा हिमालयन शेर्पा क्लवका खेलाडी

सागर पोखे्रल
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सोमबार देखी सेमी फाईनलका खेल हुने भएको छ । सेमि फाईनल खेलमा सोमबार शनिबारको बिजेता टिम हिमालय शेर्पा र नेपाल आर्मी स्पोर्ट क्लव काठमाण्डौ बिच र मंगलबार च्यासल युथ क्लव र नेपाल पुलीस क्लव हुने भएको छ ।
सनिबार हिमालयन शेर्पाले ३–२ ले इन्द्रेणि एकीकृत विकास केन्द्र पोखरालाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो ।
सनिबारको खेलको पहिलो हापमा ईन्देणी क्लवका जर्सि नम्बर १३ का अनुप गुरुङले पहिलो गोल गरेका थिए भने, पहिलो हापकै २४ मिनटमा जर्सि नम्बर १२ का रोशन राना मगरले दोस्रो गोल गरेका थिए । पहिलो खेलकै ४३ मिनटमा हिमालय शेर्पाका जर्सि नम्बर ७ का त्रिदेव गुरुङले पहिलो गोल गरेका थिए ।
दोस्रो हापमा हिमालय शेर्पाका जर्सि नम्बर १९ का विजय श्रेष्ठले १ गोल गरी खेललाई बराबरी प्¥याएका थिए ।
खेलको ३० मिनटमा शेर्पाकै जर्सि नम्वर ७ का त्रिदेव गुरुङले गोल गर्दै हिमालयन शेर्पालाई विजयि गराएका थिए ।
सेमि फाईनल प्रवेश गरेको पुलिसले क्वाटर फाईनलमा एफ. सि विजयि युथ हेटौडालाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमि फाईनलको यात्र तय गरेको हो भने च्यासल भने खेलमा बाई परेको थियो ।
सनिबारको खेलमा हिमालयन शेर्पाका का जर्सी नं. १९ का खेलाडी विजय श्रेष्ठ म्यान अफ दि म्याच धोषित भए । फाईनल खेल भने फागुन १४ गते बुधबार हुनेछ ।
राईनो क्ल्ब मध्यविन्दु–४को आयोजना एवं नन्दभाउजु उपभोक्ता समिती मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२ स्थित राईनो खेल मैदानमा फागुन ५ देखि जारी प्रतियोगीताको फागुन १४ गते समापन हुनेछ । प्रतियोगीतामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको छ ।

SHARE