फागुन १०

 पुुुुुुर्वि नवलपरासीको गैडाकाेटमा अवस्थित  रेडियो सामर्थ्य काे पाटनर रेडियो स्टेसन तथाा गण्डकी बाेडकासेटस एशाेसेशनकाे सदस्य  रेडियो ,  रेडियो संकेत ९३ मेगाहर्जको आयोजनामा भएको अन्तर कलेज नृत्य प्रतियोगितामा आदिकवि भानुभक्त क्याम्पस प्रथम भएको छ । स्थानिय र मौलिक संस्कृतिको पहिचानका निम्ती कार्यक्रमको आयोजना गरिएको रेडियो संकेतमा अध्यक्ष चिरञ्जिवी श्रेष्ठले बताउनुभयो ।

शनिवार नारायणगढको नारायणी कला मन्दिरमा सञ्चालन भएको कार्यक्रममा १५ टिमको सहभागिता रहेको र आदिकवि भानुभक्त क्याम्पस प्रथम , मध्यबिन्दु कलेज कावासोति नवलपुर द्वितिय र सप्तगण्डकी बहुमुखी क्याम्पस तृतिय भएका छन् ।

नवलपुर ,चितवन  र तनहुका बिभिन्न बिद्यालयको सहभागिता रहेको र प्रथम हुनेले नगद पच्चिस हजार रुपैया र रनिङशिल्ड प्राप्त गरेको छ भने द्वितिय र तृतिय हुने टिमले क्रमश पन्ध्र हजार ,दश हजार र प्रमाणपत्र प्राप्त गरेको कार्यक्रम संयोजक एवं रेडियो संकेतका स्टेसन म्यानेजर सुजन अधिकारीले जानाकारी दिनुभयो । साथै उहाँले यो कार्यक्रम हरेक बर्ष सञ्चालन हुने बताउनुभयो ।

SHARE