सागर पोखे्रल
फाग’न १२, कावासोती
राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगितामा आज देखी सेमी फाईनलका खेल हुने भएको छ । सेमि फाईनल खेलमा आज हिमालय शेर्पा र नेपाल आर्मी स्पोर्ट क्लव काठमाण्डौ बिच हुने भएको छ ।
त्यस्तै भोली च्यासल युथ क्लव र नेपाल पुलीस क्लव बीच छ ।
हिमालयन शेर्पाले इन्द्रेणि एकीकृत विकास केन्द्र पोखरालाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो भने नेपाल आर्मी बाईमा पर्दै सेमि फाईनल प्रवेश गरेको हो ।
सेमि फाईनल प्रवेश गरेको अर्को टिम नेपाल पुलिस क्लवले क्वाटर फाईनलमा एफ. सि विजयि युथ हेटौडालाई पराजित गर्दै सेमि फाईनलको यात्र तय गरेको थियो भने च्यासल क्लव भने खेलमा बाई परेको थियो ।
राईनो क्ल्ब मध्यविन्दु–४को आयोजना एवं नन्दभाउजु उपभोक्ता समिती मध्यविन्दु–२ को संरक्षणकत्वमा नवलपुरको मध्यविन्दु–२, कोल्हुवा स्थित राईनो खेल मैदानमा फागुन ५ देखि जारी प्रतियोगीताको फागुन १४ गते समापन हुनेछ । प्रतियोगीतामा विभागीय टिम सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १० टिमको सहभागिता रहेको छ ।

SHARE