सागर पाेखरेल, नवलपरासी

राईनाे कप फुटबल प्रतियाेगितामा अाफ्नाे कब्जामा बल लिने प्रयासमा पुलिस र अार्मिका खेलाडी

पुर्वी नवलपरासीको कोल्हुवामा जारी राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत बुधवार सम्पन्न फाइनल खेलको उपाधि आर्मि क्लबले हात पारेको छ । आर्मि क्लबले ० का बिरुद्ध एक गोल अन्तरले पुलिस क्लबलाई पराजित गरेर उपाधि चुमेको हो ।
आर्मी क्लबका जर्सी नम्बर २८ का खेलाडि सुदिल राइले खेल शुरुवातको पहिलो ६ मिनेटमै पुलिक क्लबलाई एक गोल गरेको हो । त्यहि निर्णयक गोलले १० लाख नगद पुरस्कार आर्मि क्लबले हात पारेको छ ।
पुलिस क्लब राइनो गोल्ड कपको उपबिजेतामा चित्त
बुझाएको छ । उस्ले नगद ५ लाख, प्रमाण पत्र र ट्रफी हात पारेको छ ।
खेलको शुरुपातदेखि नै आर्मिले पुलिस क्लबलाइ कडा दबाबमा राखेको तियो । बुधवारको मेन अफ द म्याच आर्मीका सुदिल राइ नै भए उनले नगद ५ हजार हात पारेका छन ।
त्यसै गरि खेल अबधिमा सर्वाधिक गोलकर्ता पुलिश क्लबका बुद्धबल तामाङ थिए । उनले नगद २० हजार हात पारेका छन ।
त्यस्तै खेलको म्यान अफ दि सेरिज मा सुमन अर्यालले पुरस्कार हात पारेका छन । उनलाई पनि नगद २० हजारले सम्मान गरिएको छ ।

खेलकाे बेष्ट प्रफमेन्स टिमकाे उपाधि भने हिमालयन शेर्पाले हात पारेकाे छ । हिमालयन शेर्पाले नगद रु २० हजार सहित सम्मानित भएकाे थियाे ।

मध्यबिन्दु नगरपालिका वडा नम्बर ४ मा रहेको राइनो
फुटवल खेल मैदानमा फागुण ५ गते देखि संंरक्षण र चेतनाका लागी खेलकुद भन्ने नाराका साथ राइनो गोल्डकप फुटवल संचालन गरिएको थियो । बिजेतालाई एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पाले पुरस्कार बितरण गरेका थिए ।

SHARE