नवलपरासी, १२ चैत्र ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका ११ मा रहेको सूर्यकिरण प्राविमा भारतबाट आएका दुई जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । चार दिन अघि भारतबाट घर आएका दुई जनालाई वडा कार्यालयको निगरानीमा सूर्यकिरण प्राविमा क्वारेन्टाइन होममा राखिएको देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले बताए ।
त्यसैगरी रजहर १७ मा जापानबाट आएका दुई जना र अन्य एक जना गरी ३ जना आफ्नै घरको एकान्त कोठामा क्वारेन्टाइनमा बसेको तिवारीले जानकारी दिए ।
त्यसैगरी भारतबाट आएका केही कामदारहरुलाई देवचुली १२ मा क्वारेन्टाइनमा राखिएको उनले बताइन ।

SHARE