सागर पोख्रेल
कावासोती चैत्र,१२
पुर्वी नवलपरासीको स्थानिय तहले पनी कोरना संक्रमण रोक्न विभिन्न उपयहरु अवलम्वन गरेका छन । नवलपुर जिल्लाको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले कोरना भाइरस रोकथामको लागी नगरस्तरीय कोरनाभाइरस रोकथाम समिति गठन गरेको छ । समितिले नगर भित्र लाग्ने हाट बजारहरु यस अगी बन्द गरी सकेको छ भने । चैत्र ११ गते देखी कोरनाभाइरसको जोखीम न्युनिकरणका लागी नेपाल सरकारद्धारा आह्वान गरीएको लक डाउनलाइ साथ दिदै नगरपालिका भित्रका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण कार्यलाई कडाईका साथ लागु गरीरहेको छ ।
कावासोती नगरपालिका कोरनाभाइरस रोकथाम समितिका संयोजक तथा नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया सहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीला सगै स्वास्थ्य शाखाका कर्मचारीले कावासोती नगरपालिका भित्रका सबै स्वास्थ्य सेवा केन्द्रहरु, नगरपालिकाका सबै वडाहरुमा क्वारेन्टाइन संचालन गर्न सकिने गरी सम्भाव्यताको खोजी गरी केही वडा कार्यालयहरुमा आजै देखी सेवा संचालनमा ल्याएका छन । कावासोती नगरपालिकाको वडा नं. ३,४,१६ मा यस अगीनै सेवा संचालन गरीएको भएपनि आजै देखी कावासोती नगरपालिका वडा नं. १ र १६ मा क्वारेन्टाइन स्थापना गरीएको छ । वडा नं.३ मा कुमारी निजी गुठीको असप्तालमा २० शैया, वडा नं. ४ मा ५ शैयाको क्वारेन्टाइन स्थापना गरीसकएिको छभने वडा नं. १६ मा रहेकोमध्यविन्दु जिल्ला अस्पतालमा ३ शैयाको आइसोलेशन स्थापना गरीसकिएको छ । कुमारी गुठीको भवनमा निर्माण गरीएको क्वारेन्टाइनमा घरमा बस्ने व्यावस्था नभएकाहरुलाई बस्नको लागी व्यावस्था मिलाईएको जानकारी दिनुभयो ।
नगरपालिकाको वडा नं. १ र ६ मा आजै क्रमस ६ र १० शैयाको क्वारेन्टाइन स्थापना गरीएको छ ।
संयोजक मर्दनियाका अनुसार नगरपालिकाको अन्य वडा कार्यालयहरुमा भोली सम्म क्वारेन्टाइन स्थापनागरी सकिने जनाउनु भएको छ त्यस्तै संयोजक मर्दनियाले कावासोती नगरपालिकाको सबै वडा कार्यालय मार्फत विदेशबाट हालै घर

वडा नं. १२ मा विदेशबाट हालै घर फर्किएका व्याक्तिको विवरण संकलन गर्दै

फर्किएका व्याक्तिको विवरण संकलन कार्य समेत शुरु गरीसकिएको बताउनुभएको छ ।
नगरपालिकाले आजै कावासोती नगरपालिकाको स्वास्थ्य इकाइमा नगरपालिका भित्र रहेका ७ बटा एम्वुलेन्स चालकलाई व्याक्तिगत सुरक्षा सम्बन्धि तालिम र सामाग्री हस्तान्त्रण गरेको कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रम्ख कृष्ण नागीलाले बताउनु भयो ।
नागीलाका अनुसार कोरना भाइरस ( कोभिट–१९)को लक्षण देखीयमा वा शंका लागेमा सबै भन्दा पहिला होम क्वारेन्टाइनमा बस्नुनै सबै भन्दा उत्तम उपाय रहेको बताउनु भएको छ ।

SHARE