सागर पोख्रेल
कावासोती, चैत्र १२
कोरना भाइरसको त्रासमा रहेका नवलपुरबासीका लागी गैडाकोट नगरपालिका नगर प्रमुख छत्र राज पौडेलको पहलमा देवचुली नगरपालिका भित्र रहेको प्राकृतिक चिकित्सालयमा ४०० शैयाको क्वारेन्टाइन स्थापना गरीएको छ ।
प्रकृतिक उपचारमा प्रख्यात नवलपुरको देवचुली नगरपालिकामा रहेको प्रकृतिक चिकित्सालयका प्रशासनिक प्रमुख हरी सापकोटा सगको छलफल पश्चात ४०० शैयाको क्वारेन्टाइन स्थापना गरीने भएको प्रमुख पौडेलले बताउनु भयो ।
अस्पतालका प्रशासनिक प्रमुख सापकोटाले देवचुली नगरपालिका भित्र रहेको प्राकृतिक चिकित्सालयमा हाल विरामी नरहेको र गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्र पौडेलले यस अस्पताललाई क्वारेन्टाइन स्थापन गरौ भन्नुभयो हामीले पनी सामजीक उत्तरदायित्व सम्झियौ, स्विका¥यौ । अव आज देखी क्वारेन्टाइन सेवा संचालन गर्ने बताउनुभयो ।
नगर प्रमुख पौडेलले भन्नु भयो – म बोलेको कुरा गर्ने कुरामा धमण्डी छु तर बोलेको कुरा पुरा गर्छ , चिकित्सक बेगर क्वारेन्टाइन स्थापना गर्न हुदैन भन्ने मेरो मान्यता हो तसर्थ धेरै शैया भएको प्रकृतिक चिकित्सालयमा क्वारेन्टाइन स्थापन गर्न प्रशासन सग आग्रह गरे उहाँहरुले सहस्र स्विकारर्नुभयो ।
नगर प्रमुख पौडेलले चिकित्सकको रेखदेख विना स्थापना गरीने क्वारेन्टाइन सेवा प्रभावकारी हुन नसक्ने जीकीर गर्दै आउनुभएको थियो । यस अगी गैडाकोट नगरपालिका भित्र स्थापना गरीएको सबै क्वारेन्टाइनमा चिकित्सक सहितको सेवा केन्द्र स्थापना गरीएको थियो ।

SHARE