सागर पोख्रेल

जिल्ला अस्पतालमा बाहिरै ओपिडी सेवा संचालन

कावासोती चैत्र,१२
नेपाल सरकारले लकडाउन धोषणा सगै नवलपरासी पुर्वको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा जाँच गर्न आउने विरामीको सख्यामा कमी आएको छ । सरकारले सेल्फ क्वारेन्टाईनमा बस्न आग्रह गरे सगै अस्पताल आउने विरामीको सख्यामा कमी आएको हुन सक्ने मध्यविन्दु जिल्ला अस्पतालका संचालक समिति अध्यक्ष गोपाल खानलले जानकारी दिनुभएको छ ।
जिल्ला अस्पतालमा अन्य दिन १ सयको सख्यामा भन्दा बढी विरामी आउने गरेकोमा हिजो र आज २० देखी ३० जना सम्म मात्र विरामी आउने गरेको अस्पतालका सुचना अधिकृत छवि ले बताउनुभयो ।

जिल्ला अस्पतालमा चेक जाँचका लागी आउने विरामीहरुका लागी अहिले कबाहिरै ओपिडी सेवा संचालन गरीएको छ । अस्पताल परीसरमा रहेको यात्रु विश्राम स्थलमा विरामी परीक्षण गरीएको छ । कोरना भाइरसको संक्रमण कारण वाहिर नै विरामी चेक जाँचको व्यावस्था मिलाइृएको अस्पताल प्रशासनले जनाएको छ ।

SHARE