सागर पोख्रेल
कावासोती चैत्र,१२
नवलपुर जिल्लाको सदरमुकाममा रहेको कावासोती नगरपालिकाले कोरना भाइरस रोकथामको लागी नगरस्तरीय कोरनाभाइरस रोकथाम समिति गठन सगै नगरपालिका भित्रका सबै वडाहरुमा क्वारेन्टाइन निर्माण कार्यलाई कडाईका साथ लागु गरीरहेको छ । साथै नगर भित्रबाट प्रदान गरीने सेवा सुविदा र केन्द्रमा रहेका कर्मचारीलाइ अत्यावसेका सामाग्री हस्तान्तरण गरीएको छ ।
कावासोती नगरपालिका कोरनाभाइरस रोकथाम समितिका संयोजक तथा कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनिया सहित नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण. नागीला र सगै स्वास्थ्य शाखाका कर्मचारी र रेडियो सामथ्र्य सहितको टोलीले  कावासोती नगरपालिका भित्रका सबै स्वास्थ्य सेवा केन्द्रहरुको अनुगमन गरेको थियो ।

स्वास्थ्य केन्द्रको अवलोकन तथा अनुगमन । कावासोती नगरपालिका वडा नं. १२ मा रहेको स्वास्थ्य केन्द्रको अवलोकन तथा अनुगमन ।
कावासोती १२ नम्बर वडाद्धारा विदेशबाट हालै घर फर्किएका व्याक्तिको विवरण संकलन ।
कावासाेति नगरपालिकाका उप प्रमुख मर्दनियाकाे शरिरकाे तापक्रम जाँच गर्दै स्वास्थ्य शाखा प्रमुख ।
कावासोती नगरपालिका वडा नं. १७ मा रहेको स्वास्थ्य केन्द्रको अवलोकन गर्दै जिल्ला अस्पताल तथा नगरपालिकाका कर्मचारी सहीत नगर उप प्रमुख ।
कावासोती नगरपालिका वडा नं. १७ मा रहेको स्वास्थ्य केन्द्रको अवलोकन गर्दै ।
कावासोती नगरपालिका वडा नं. १० मा रहेको स्वास्थ्य केन्द्रको अवलोकन ।
मध्यविन्दु जिल्ला अस्पतालमा बाहिरै ओपिडी सेवा संचालन  गरीदै ।
कुमारी निजी गुठीको असप्तालमा २० शैयाको क्वारेन्टाइइम ।
कुमारीमा संंचालित क्वारेन्टाइन ।
कावासोती नगरपालिका वडा नं. ६ मा रहेको स्वास्थ्य केन्द्रको अवलोकन तथा अनुगमन ।
मध्यविन्दु जिल्ला अस्पतालकाे अवस्था बारे जानकारी लिदै , कावासाेति नगरपालिका ।
कावासोती नगरपालिका भित्र संचालित हेल्प डेक्स  ।
SHARE