देवचुली,

विश्वभर महामारीका रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड-१९) को रोकथामका लागी देशभर सहित देवचुली नगरपालिकामा पनि उच्च सतर्कता अपनाईएको छ । नगरपालिकाको हरेक वडामा क्वारेन्टाइन कक्षको समेत ब्यवस्था गरिएको छ । देवचुली नगरपालिकामा बिदेशबाट आएका पच्चिस जनालाई क्वारेन्टाइन राखिएको छ । देवचुली वडा नं २ का चार जना, वडा नं ९ का पाँच जना, वडा नं ११ का चार जना, वडा नं १३ का दुई जना, वडा नं १४ का दुई जना र वडा नं १७ का ८ जना गरि पच्चिस जनालाई क्वारेन्टाइनमा राखिएको देवचुली नगरपालिकाका स्वास्थ्य अधिकृत शिव पराजुलीले बताउनु भयो । उहाँले भन्नुभयो- यो दिउँसो दुई बजे सम्मको आधिकारिक विवरण हो । अहिले पुरै देश लकडाउनको अवस्थामा रहेकाले पनि देवचुली नगरपालिकाबासीले त्यसको पालना गरि कोरोनाबाट आँफु बच्न र अरुलाई बचाउन लकडाउनको पूर्ण पालना गर्न प्रमुख प्रशासकिय अधिकृत बिष्णु प्रसाद भुसालले आग्रह गर्नुभयो । भुसालले कोरोनाको शंका लागे ९८५७६४२१११ मा सम्पर्क गर्न आग्रह गर्नु भयो।

SHARE