चैत्र , १
नवलपरासी — कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउन कार्यान्वयनका लागि पूर्वी नवलपरासीका स्थानीयले सडक बन्द गरेका छन् ।सम्भावित कोरोना संक्रमितहरु र अपरिचित व्यक्ति गाउँमा नआउन् भन्दै उनीहरुले सडकमा ढुंगामुढा र तार टाँगेका हुन्। बुधबार कावासाेतिकाे वडा न ४ लाई चारै तर्फबाट प्रवेशमा अवराेध गरेका थिय ।   बिहीबार र शुक्रबार कावासोती नगरपालिकाका १४, १६, ५ र ९ नम्बर वडाका भित्रि सडक बन्द गरिएका छन्। त्यस्तै सोही नपाका डण्डा गोछडा सडक (भित्रि सडक) र हसौरामा गाउँ छिर्ने मूलबाटोमै ढुंगामुढा र तार लगाइएको छ। स्थानीयको अवरोधले एम्बुलेन्स सञ्‍चालन र तरकारी बजारका लागि समस्या भएको छ।

SHARE