रेडियो सामर्थ्य , बैशाख १६

विश्वभर फैलिएको कोरना भाइरसको संक्रमण सगै विभिन्न स्थानमा परेको समस्याका लाई सहजीकरण गर्न पहल गरीएको छ । कोरनाको संक्रमण र जोखीमका कारण सरकारद्धारा लक डाउन धोषाणा सगै दैनिक विद्यालय जाने विद्याथीहरु यतीबेला घरमै बस्न बाध्य भए सगै सेन्ट जाेफ स्कुल सगकाे सहकार्यमा संचालन गरिन लागेकाे अनलाईन पाठशाला कार्यक्रम अझ परिमार्जन साथ कावासाेति नगरपालिका भित्रका सबै संस्थागत विध्यालयकाे संयाेजनमा संचालन हुने भयकाे छ । कक्षा १ देखी १० कक्षा सम्मका विद्यार्थीहरको लागी अनलाईन र रेडियो कक्षा संचालन गर्ने भएको छ । त्यस्तै कक्षा नर्सरी देखी युकेजी सम्म सिकाइ कक्षा संचालन गर्ने भएको छ ।

विगत बर्षमा यती बेला सरकारले विद्यार्थी भर्ना अभियान संचालननै चलायको थियो । यस बर्ष भने बिद्यालय जाने उमेरका बालबालिका घरमै बस्न बाध्य भएपछि कावासाेति नगरपालिका भित्रका सबै संस्थागत विध्यालयकाे पहलमा संचालन गर्ने सहमति भयकाे गण्डकी अावासिय मा विका प्रीन्सिपल जगत भट्टराईले बताउनु भयाे  । भट्टराईका अनुसार अनलाईन कक्षा संचालनका लागि लड बुद्ध स्कुलका फाउण्डर प्रीन्सिपल रमेश अघिकारिकाे संयाेजकत्वमा समिति समेत गठन गरिएकाे जानकारी दिनुभयाे ।

  सुन्दर भविश्यको परीकल्पना गर्दै हातमा कापी र किताव च्यापेर विद्यालय जाने बालबालिकाको लागी कावासोती नगरपालिका भित्र रहेका संस्थागत विध्यालयका शिक्षकहरुबाट टेलिभिजन, युवट्युव, फेसबुक, अडियाे र रेडियो मार्फत कक्षा संचालन गरिने संयाेजक रमेश अधिकारी बताउनु भयाे । उहाँको अनुसार बैशाख १७ गते दिउसाे सवा २ बजे देखि ४ बजे सम्म कक्षा संचालन गरिने जानकारी दिनुभयाे ।

लामो समय सम्म विद्याथी घरमा बस्दा भोलीको शौक्षिक विकासमा समेत सहयोग पु¥याउन  अनलाईन तथा रेडियो कक्षा संचालन गर्न लागीएको सेन्ट जेसेफ स्कुलका प्रिन्सीपल कमल चापागाइले बताउनुभयो ।

अन्य मिडियाहरुमा ग्रामीण क्षेत्रका विद्यार्थीको पहुच नपुग्ने र रेडियोको माध्यमबाट ग्रामीण क्षेत्रका विद्याथीहरु समेत समेटिन भएकाले रेडियो मार्फत र सग सगै इन्टरनेटका पहुचमा रहेका लाई घरमै बसी बसी अध्ययन गर्ने बाताबरण श्रृजना गर्न अन्य विद्यालय सग सहकार्य गरेर रेडियो तथा अनलाईन शौक्षिक कार्यक्रम संचालन गर्न लागीएको रेडियो सामर्थ्र्य ९२.१ का प्रवन्ध निर्देशक सागर पोख्रेलले बताउनुभयो । अनलाईन पाठशालाकाे मिडिया सहयाेगिकाे रुपमा स्टार टेलिभिजन समेत रहेकाेछ ।

निर्देशक पोख्रेलका अनुसार  रेडियोबाट बैशाख १८ गते देखि सि पुनर्निर्ताजकि कक्षा समेत  संचालन गरीने भएको छ ।

SHARE