शनिवार, बैशाख २७, 

 कावासोती : कावासोती नगरपालिका भित्र रहेका बिद्यालयहरुको कक्षा ८ को नतिजा प्रकाशित भएको छ । नगरपालिकाले शनिबार एक सार्वजनकि सुचना जारी गर्दे शैक्षिक सत्र २०७६ को कक्षा ८ को नतिजा प्रकाशन भएको जानकारी दिएको हो । नगरपालिका का शिक्षा शाखाका अधिकृत राजन पाण्डेका अनुसार कक्षा ८ का कुल सहभागी १ हजार ५ सय ३४ विद्यार्थी मध्य १ हजार ३ सय ३८ जना उतिर्ण  भएर कक्षा ९ मा भर्ना हुन योग्य भएका छन् भने १ सय ९६ जना कक्षा ९ पढ्न अयाेग्य रहेका छन ।

विद्यालयहरुले सामाजीक संजाल , ईमेल र टेलिफोनमा परिक्षाको नतिजा बिद्यार्थी र अभिभावकहरुलाइ जानकारी गराउन बिद्यालयहरुलाइृ आग्रह गरिएको छ । नतिजा समन्धी बिस्तृत जानकारी माथिको सुचनामा उल्लेख छ । ( हेर्नुस् सुचना )

SHARE