लेखक :मीन लामा गोले,कावासोति-२,नवलपुर
लेखक :मीन लामा गोले,कावासोति-२,नवलपुर

वर्तमान एकिकृत राज्यसत्ताको मुल श्रोत हिजो छरिएर रहेको कविला समाज वा रजौटा वा राज्य वा राष्ट्र नै हो,त्यो ईतिहासले स्विकार गरिसकोको छ।जितको अभिमान र हारको अपमान संगै सह-अस्तित्वको रक्षार्थ साझा शत्रुका विरुद्ध मुकाविला गर्नु पर्ने समयको सृजना हुन पुग्यो।उत्तर/पुर्वि पहाडको मंगोल/किराँत,पश्चिमका खस/अार्य र दक्षिण तराई मैदानका थारु/मधेशि समुदाय एकाकार हुदै अहंकारि,जहानिय शासकका विरुद्ध पहिलो जनस्तरको राजनैतिक अान्दोलन छेडियो।राजनैतिक दलले जनताको प्रतिनिधि बनि शासनको ऐतिहासिक अवसर प्राप्त गरे। अक्षम राजनिति अनि साम्राज्यवादी छिमेकि कुटनितिको फन्दामा परि कल्पित शाहि सुन्दर, साझा फुलबारिका फुलहरुको अंकुरण हुन नपाउदै निमोट्ने कदमको शुरुवात भयो।हर्क गुरुङ,गोरे बहादुर खपाङ्गि,सुरेश अाले लगायतकाले समुदायगत सवाल,सशक्तिकरण र समावेशिकरणको बारेमा वकालत त गर्दै थिए तर हारको अपमानले शिर सधै झुकाईराख्ने,कहिल्यै केहि कोहि संग नमाग्ने,प्रतिवाद बिना अादेश मात्र स्विकार गर्दै गयो।सिङ्गो अादिवासि जनजाति समुदाय लगायत बहिष्कृतहरु राजनैतिक रुपमा नै सबै समानरुपमा फुल्न पाउने व्यवस्था सहितको बहुदलिय प्रजातन्त्र पुनर्बहालिको पक्षमा अान्दोलित बने।अग्रगमन र परिवर्तनको लागि तमाम दलित,अादिवासि जनजाति,महिला,मधेशि लगायत सबै सबैको सहभागितामा सम्पन्न जनअान्दोलनले व्यवस्थामा परिवर्तन त ल्यायो तर राज्य संयन्त्र स्थिर बन्न सकेन।जनताको प्रतिनिधिको हवाला दिदै सत्तारोहण गरेका दल र नेतृत्व क्रमश स्खलित हुदै गए र बहिष्कृतहरुको मुद्दामा जनविद्रोह शुरु भयो।जनजिविकाको सवालमा अनुत्तरित भईरहने,सत्तारोहणको लालसा जगाई रहने र सामाजिक न्यायको अान्दोलन र मागलाई नजरअन्दाज गर्ने प्रवृतिले विद्रोह लाई युद्धमा रुपान्तरण मात्र गरेन संबिधानसभा हुदै सामन्तवाद र पुजिवादलाई घुडा टेक्न बाध्य बनाई समावेशि लोकतन्त्र सहितको संघिय गणतन्त्र स्थापना गरे ।
हरेक खालको अान्दोलनमा योगदान पुर्याएको कुल जनसंख्याको महत्वपुर्ण हिस्सा अोगटेको जनजाति समुदायको न्यायपुर्ण माग र मुद्दाको ऐतिहासिकता,अावश्यकता र अौचित्यतालाई नजरअन्दाज गरेर जातिय,नश्लिय, विखण्डनकारि, साम्प्रदायिक तथा देशद्रोहि सम्मका लालञ्छना लगाउने बाट जोगाउन पनि यो अान्दोलन पेचिलो बन्दै गईरहेको छ।निगाहमा बक्स भए जस्तो कोटा वा अारक्षणले क्षति न्युनिकरण त गर्ला तर हाम्रो जस्तो कमजोर मुलुकमा अावश्यक पर्ने सवल नागरिक तयार गर्न सकिदैन।जुन कुरा न सम्बन्धित समुदायको हितमा छ न त सिङ्गो मुलुक कै,त्यसैले पनि पेचिलो छ।कसैको भाग भने जस्तो,खोस्ने होइन बरु अंशियार बन्ने हो,योग्यता र क्षमताको अाधारमा अवसरको ग्यारेन्टि गरिनु पर्दछ भन्ने कुरा बुझाउन पनि अान्दोलन पेचिलो छ।
विषम जिम्मेवारिको नेतृत्व गर्न पाउनु एक ठुलो अवसर हो।यस्तो समयमा नेतृत्वको कला,कौशल,खुवि र दक्षताले खास अर्थ राख्छ।खासखास समयमा सबै सबैको योगदानले हिजोको कथित जातिवादि वा सामाजिक / राष्ट्रिय अान्दोलनले उचाई लिएको छ।निरन्तरताको निरन्तरता नभई क्रमभङ्गता सहितको निरन्तरता अनि क्रान्तिकारि रुपान्तरण सहितको हस्तान्त्रण गर्ने नेतृत्वको अावश्यक छ।मार्क्सवादि जसको विज्ञानले अलग-अलग राष्ट्रियताहरुको परस्परमा सम्मान गर्दछ,उनिहरुकै अगुवाईमा अाज समाज र सत्ता रहेको र संगठित/असंगठितरुपमा जनजाति नेतृत्व स्थापित हुदै गरेको परिस्थितिमा अलमल नगरि नविनम ज्ञान र अनुभवबाट उत्प्रेरित सृजनशिल नेतृत्वको अावश्यकता छ।धुमिल सामाजिक तथा राजनैतिक अवस्थामा सहि लक्ष्य,रणनिति र कार्यक्रम तय गर्न सक्ने नेतृत्व अावश्यक छ।क्षणिक लोभमा सिङ्गो अान्दोलनको शौदाबाजिलाई अवसरवादको रुपमा स्विकार गर्ने अनि अनुकुलन क्षमता बिना फगत अविनासको लालसा राख्नेलाई सामन्तवाद र जे छ,ठिक छ भन्नेलाई यथास्थितिवादको रुपमा सुझबुझ राख्ने नेतृत्वको अावश्यक छ।
दिन मात्र जानि रह्यो,कहिल्यै माग्न जानेन।माग्दा,नपाउँदा समेत कहिल्यै रिस,क्रोध र बदला भाव राखेन बरु खुरु खुरु रगत र पसिना बगाएर राष्ट्रिय पुजि निर्माणको सहयोगि बन्न मस्त छ।निरन्तर लगानि गरि मात्र रह्यो तर प्रतिफलमा हिस्सा कहिल्यै मागेन।विज्ञानले संसार विचित्र बनाउदा पनि अाफ्नै भाग्यलाई खोटो ठान्दै दिनरात नभनि निरस जीवन जिउनमा मस्त छ।
परिवारमा कुनै एक सदस्य कमजोर भयो भने समाज परिवर्तनमा त्यो परिवारको भुमिका गौण हुन्छ अझ त्यो कमजोर सदस्यले अाफु कमजोर रहेको,कमजोरिलाई सुदृढ गर्दै सबल बन्न /बनाउन अन्यले वास्ता नगरेको बुझ्न पायो भने त्यसले परिवारमा दरार मात्र सृजना गर्दैन परिवारको महत्व र अस्तित्वमा नै प्रश्न खडा हुन्छ र समाज अशान्त,अस्थिर र अराजकता उन्मुख हुन्छ।
सुन्दा निश्चित नश्ल वा जातको जस्तो पनि लाग्ने अनि अल्पज्ञानिहरुले सुझाएको जस्तो विखण्डनकारि र साम्प्रदायिक कथित पहिचान बनाएको यो राष्ट्रिय अान्दोलनले सचेत सरोकारवाला र जवाफदेहि नेतृत्व मार्फत विभेदयुक्त होइन विबिधतायुक्त सभ्य समाज अनि समृध्द नेपाल निर्माण गर्न सकिन्छ।

( लेखक, नेपाल अादिवासि जनजाति महासंध नवलपरासीको पुर्व  सचिव समेत हुनुहुन्छ ।)

 

SHARE