त्रुटि स्विकार्दै प्रकाशित प्रेेस विज्ञप्ति ।

सामर्थ्य एफ एम

जेष्ठ ७, कावासाेति

कावासोती नगरपालिकाले कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणमा गरेको गतिबिधिको बिषयमा बिभिन्न मिडियामा आएका खवरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले जिल्ला समन्वय समितिमा पठाएको अनुमानित खर्च बिबरणलाई बास्तबिक खर्चमा जोडेर बनाईएको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै बिज्ञप्ति मार्फत् प्रष्ट पारेको छ ।

गत जेठ २ गते जिल्ला समन्वय समितिमा पठाएको अनुमानित खर्चमा पनि कम खर्च भएकाले सार्वजनिक रुपमै नगरपालिका सदैब पारदर्शी र सुशासनमा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृतनराज पौडेलद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ — जिल्ला समन्वय समितिबाट कोभिड १९ रोकथाम र नियन्त्रणका लागी थप बिबरण र आवश्यक रकम माग भए अनुरुप क्वारेन्टाईन निर्माणका लागी रु ५ लाख र ब्यवस्थापन खर्चमा ७ लाख गरी अनुमानित १२ लाख रुपैया माग गरी पठाएकोमा अनुमानित शब्द छुटेकाले  सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

नगरपालिकाले ४ लाख ८९ हजार ४ सय ८० रुपैया क्वारेन्टाईन निर्माण र ब्यवस्थापनमा खर्च भएको जनाएको छ ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषवाट जम्मा ४२ लाख ९४ हजार ८ सय ६३ रुपैया खर्च भएको जनाएको छ । जेठ ६ गतेसम्म यो कोषवाट क्वारेन्टाईन निर्माण, ब्यवस्थापन, राहत बितरण र औषधि खरिदमा खर्च गरिएको जनाएको छ ।

यस अगि कावासाेति नगरपालिकाले जिल्ला समन्वय समितिमा खर्च विवरण पेश गर्दा गत बैशाख मसान्त समन्त सम्मकाे खर्च  जेष्ठ ६ गते पेश गरेकाे खर्च विवरण करिव ९ लाख रुपैया फरककाे विवरण पेश गरेकाे थियाे ।

त्रुटि स्विकार्दै प्रकाशित प्रेेस विज्ञप्ति

त्रुटि स्विकार्दै प्रकाशित प्रेेस विज्ञप्ति ।
SHARE