कावासाेतिकाे विपत समितिद्वारा अाय व्याय सार्वजनिक गर्दै संयाेजक प्रेेम शंकर मर्दनिया ।

रेडियो सामर्थ्य , जेष्ठ ८

कावासाेतिकाे विपत समितिद्वारा अाय व्याय सार्वजनिक गर्दै संयाेजक प्रेेम शंकर मर्दनिया ।

कावासोती

कावासोती नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषको हालसम्मको आय ब्ययको बिवरण प्रेस सम्मेलन मार्फत विपत व्यावस्थापन समितिले हिसाव सार्वजनिक गरेको छ ।

नगरपालिकाले जिल्ला समन्वयमा पेश गरेको अाय व्यायकाे विषयमा प्रश्न चिन्ह लागेपछि बिहिबार पत्रकार सम्मेलन मार्फत विपत समितिकाे बैठक बसि हिसाब  पत्रकार  सम्मेलन मार्फत सार्वजनिक गरेकाे हाे ।

मुलुक लकडाउनमा भएका कारण नगरपालिकाका उपप्रमुख तथा बिपत ब्यवस्थापन समितिका संयोजक प्रेमशंकर मर्दनियाले सो बिवरण सार्वजनिक गर्नुभएको हो ।

बिश्व नै महामारीमा जुधिरहेको बेला नेपालमा पनि कोरोना संक्रमितहरु बढिरहेको अवस्थामा कावासोती नगरपालिकामा पनि संकटको रोकथाममा गरिएका क्रियाकलाप अन्तर्गत बिभिन्न क्षेत्रबाट प्राप्त सहयोग नगद र जिन्सी समेतको मुल्यांकन सहित हालसम्म जम्मा आम्दानी शिर्षकमा कुल ७८ लाख ९३ हजार ६ सय २५ रुपैया साठी पैसा भएकोमा चैत्र देखी जेठको ८ गते दिनकाे २ बजे सम्म ३९ लाख २० हजार ६ सय पैतालिस रुपैंया खर्च भएको जनाईएको छ ।

काेषमा २०७६ चैत्र महिनामा १ लाख ४१ हजार ६ सय ९६, २०७७ बैशाख महिनामा ३५ लाख १२ हजार ८ सय ५४ रुपैया र जेष्ठ ८ गते दिउसाे २ बजे सम्म २ लाख ६६ हजार ९५ रुपैया खर्च भयकाे विवरण सार्वजनिक गरिएकाे थियाे ।

बिबरण अनुसार आजका मितिसम्म मौज्दात रकम ३९ लाख ७२ हजार ९ सय ८० रुपैया साठी पैसा रहेको छ ।

नगरपालिकाले सार्बजनिक गरेको तथ्याङ्कगत बिबरणमा नगरक्षेत्रभित्र क्लोरिन पाउडर छर्कने क्रममा खरिद, ढुवानी र स्प्रेमा ८७ हजार ६ सय ९६ रुपैया, लकडाउन अवधिमा निशुल्क एम्बुलेन्स सेवा सुबिधामा ४ लाख २४ हजार ३ सय ५९ रुपैया, बिपन्न परिवारलाई राहत बितरणमा ३१ लाख ११ हजार ४ सय ३० रुपैया जसमा वडा नम्वर १३ लाई भुक्तानी दिन बाँकी रहेको समेत उल्लेख छ ।

त्यस्तै, स्वास्थ्य सामाग्री खरिद, सुचना सन्देश प्रसारण, सन्देशमुलक ब्रोसर छपाईमा २ लाख ६३ हजार ८ सय २० रुपैया, क्वारेन्टाईनमा खाना बनाउनेलाई पारिश्रमिक सहित खाना खर्चमा ३३ हजार ३ सय ४० रुपैया भुक्तानी भईसकेको जनाएको छ ।

अव क्वारेन्टाईन निर्माण तथा ब्यवस्थापन गर्दाको खर्च ३ लाख ७५ हजार रुपैया भुक्तानी दिन बाँकी रहेको जनाईएको छ ।

यश अगि नगरपालिकाले जिल्ला समन्वयमा गत जेष्ठ २ र ६ गते पेश गरेकाे विवरणमा फरक फरक हिसाब विवरण पेश भय पछि नगरपालिकाले जेष्ठ ७ गते पेश गरिएकाे विवरणमा केही शिर्षक अनुमानित हुनुपर्ने मा प्रविधिक त्रुटी रहेकाे भन्दै बिज्ञप्ति समेत जारि गरीएकाे थियाे ।

SHARE