1. कावासोती, ९ जेठ
कावासाेतिकाे विपत समितिद् संयाेजक प्रेेम शंकर मर्दनिया ।

पूर्वी नवलपरासीको कावासोतीमा रहेको कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्रका पत्रकारहरुको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिदिने भएका छन् ।

बैठकले नगरका स्वास्थ्यकर्मि, नगर प्रहरी, सवारि चालककाे काेरना ईन्सुरेन्स समेत गर्ने निर्णय भएकाे विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको कावासोती नगरपालिकाका नगर उपप्रमुख प्रेम शंकर मर्दनियाले बताए ।
मर्दनियाले भने – पत्रकारहरु जोखिम मोलेर फिल्डमा खटेर काम गरिरहनु भएको छ त्यसैले कावासोतीका सबै पत्रकारहरुमा कोरोना संक्रमण भए नभएको यकिन गर्न स्वाब परीक्षण गरिने निर्णय भएको छ ।
पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा मात्रै एफएम रेडियो, टिभि, पत्रपत्रिका, अनलाइन गरी १ दर्जन बढी सञ्चार गृह सञ्चालनमा रहेका छन् भने कावासोतीका ५० बढी पत्रकारहरु अहिले पनि फिल्डमा खटेर काम गरिरहेका छन् ।

विपत व्यावस्थापन समितिले नगरका १५ बटा वडामा बडाले व्यावस्थापन गर्ने र वडा नम्बर ३ मा रहेकाे कुमारी अस्पताल र १६ काे मध्यविन्दु जिल्ला अस्पताल समेत  गरि क्वारेन्टाइन लाई थप व्यावस्थित गर्ने, वाेडरमा राेकियर बसेका नगरबासिलाई ल्याउने समेत निर्णय भयकाे विपत समिति सदस्य शारदा अधिकारिले बताउनुभयाे ।

SHARE