कावासाेति , जेष्ठ ९

पूर्वी नवलपरासीको चोरमारा रहेको स्वास्थ्य चौकी एक साताका लागि शिल गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले स्वास्थ्य चौकीमा रहेको कर्मचारीहरु सबैलाई आइसोलेसनमा राखिएको र स्वास्थ्य चौकीबाट प्रभाव हुने सेवा सुविधा सबै एक साता सम्मलाई बन्द गरी स्वास्थ्य चौकी शिल गरिएको बताए ।
शुक्रबार कोरोना संक्रमण पुष्टि भएका विनयी त्रिवेणी ६ का ६५ बर्षीय पुरुषमा ज्वरो आए पनि उनलाई क्वारेन्टाइनबाट चोरमारामा रहेको उपस्वास्थ्य चौकीमा एम्बुलेन्समा ल्याएर आइसेलेनमा राखि उपचार गरिएको थियो ।
उक्त पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपनि शुक्रबार विहानै उनलाई चितवनको कोरोना विशेष अस्पतालमा उपचारका लागि लगिएको छ ।
जेठ ६ गते बेलुका उनको ज्वरो आएपछि जेठ ७ गते क्वारेनटाइन स्थलबाट एम्बुलेन्समा ल्याएर चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा उपचार शुरु गरिएको थियो ।

SHARE