साना किसान भ्रष्टाचार काण्ड : लाखाै रकम घोटाला,सनिवार छानविन समितिद्वारा प्रतिवेदन सार्वजनिक , १८ हजारदेखि २५ लाखसम्म ब्याजमै घोटाला
नवलपरासी, ९ जेठ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको त्रिभुवनटारमा रहेको साना किसान कृषि सहकारीमा भ्रष्टाचार भयकाे भनी व्यापक गुनासाे अाय सगै जनदवाव पछि गठित छानविन समितिले जेष्ठ १० गते सनिवार प्रतिवेदन सार्वजनिक हुने भएको छ ।
यहाँ चक्रिय अर्थात मिटर ब्याजको लोभमा कृषि कर्जाको करोडौं रकम भ्रष्टाचार भएको भन्ने जनगुनासा मेटाउन सक्ने वा नसक्ने ताे बुझ्नभने सनिवारनै कुर्नु पर्ने भयकाे छ ।
सहकारीकाे रकम हिना विना गर्ने र हिनाविना गर्ने काममा संस्थाका व्यवस्थापक  बद्री रिजाल , काउन्टर इन्चार्जहरु र सञ्चालक समितिका सदस्य लगायतको मिलेमतोमा रहेकाे बुझियकाे छ ।
व्यवस्थापकले सहकारीबाट किसानहरुले आवेदन गरेको कर्जाको रकम भन्दा कम रकम दिने र कर्जाको बाँकी रकम ऋणीको नाममा कर्मचारीहरुले नै चक्रीय व्याजमा लगाउने गरेको पाइएको छानविन समितिका एक जना सदस्यले बताए ।
स्रोतका अनुसार कर्मचारीहरुले ऋणीहरुले लिन तिर्न आउने ब्याजमा समेत बढी रकम लिएर कम रकम खातामा चढाएर ब्याज रकम समेत लाखौं रुपैयाँ अपचलन गरेको देखिएको छ ।
अर्जुन श्रेष्ठको नेतृन्वमा गठित छानविन समितिले शनिबार अर्थात जेठ १० गते छानविनको क्रममा आएको प्रतिवेदनलाई अन्तिम रुप दिएर सार्वजनिक गर्दै छ ।
त्यसैगरी संचालक समिति सदस्य हेमराज दाहालले हुप्सेकोट काउन्टरबाट सहकारीको नाममा २२ लाख ९९ हजार रुपैयाँ खातामा पैसा नभएको चेक दिएर सहकारीको खाताबाट उक्त रकम बराबरको चेक लगेर रकम झिकेको देखिएको ।
वितिय संस्थाकाे रकम अपचलन वा हिनामिना भएमा रकम अपचलन कार्यमा संलग्न कर्मचारिकाे हाल सम्मकाे कर्मचारी संचयकाेषकाे र निजकाे नाममा संस्थागत रुपमा जम्मा भएकाे कुनै पनि सेवा सुविधा पाउन सक्ने छैन ।
समित सदस्यले यस अगि आफूले कर्मचारीसँग सापट लिएर चलाएको दावी गर्दै आएको भए पनि उनको दावी कागजी प्रमाणहरुमा झुटो देखिएको छानविन समितिका एक सदस्यले बताए ।
समिति सदस्यले पटक पटक खातामा रकम नभएको चेकको रकम भुक्तान गर्न ताकेता गरेपनि उनले दुई वटा चेक मार्फत उक्त रकम सहकारीको नाममा भुक्तान गरेका छन् भने ११ दिन उनले चलाएको उक्त रकमको ब्याज समेत साता दिन अघि सहकारीलाई तिरेका छन् ।
स्रोतका अनुसार समिति सदस्यले कर्मचारीहरुसँग कहिले सापटीको नाममा त कहिले एकाधदुई दिन सहयोगको नाममा पटक पटक रकम अपलचन गरेको देखिएको बताए ।

निलम्बनमा परेका कर्मचारीहरुको नाममा १८ हजारदेखि २५ लाखसम्म ब्याजमै घोटाला गरेको र ऋणीहरुको नाममा आफूले पैसाल चलाएर चक्रिय ब्याजमा करोडौं रुपैयाँ लगाएको भेटिएको स्रोतले जनायो ।
समितिले छानविनका लागि सजिलो होस भनेर व्यवस्थापक सहित ३ वटा काउन्टरका ३ जना संयोजक गरी ४ जना कर्मचारीलाई यस अघि निलम्बन गरी सकेको छ ।
छानविन समितिका संयोजक अर्जुन श्रेष्ठले शनिबार छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक हुने बताए ।

के छ कानुनि व्यावस्था ?

वितिय संस्थाका समिति वा कर्मचारिले रकम हिनामिना गरे यस्ताे छ नेपालकाे कानुनि व्यावस्था ।

नेपाल सरकारकाे कानुन अनुसार कुनै पनि वितिय सशंस्थाकाे रकम अपलचलन गरेमा वा हिनाबिना गरेकाे पाईयमा वा निर्णय भन्दा वा ऋणिले भुक्तान गरेकाे व्याज रकम अपचलन गरेर विगाे खुलेमा विगाे भराई विगाे वरावर जरिवना र ३ महिना कैद सजाय हुने व्यावस्था रहेकाे छ साथै १० लाख रकम सम्म विगाे भए १ बर्ष कैद, १० लाख देखि ५० लाख सम्म विगाे भयमा २ बर्ष कैद, ५० लाख देखि १ कराेड सम्म विगाे भय ३ बर्ष कैद हुने व्यावस्था गरेको छ ।

छानविन समितिलाईनै थ्रीटन
अर्जुन श्रेष्ठकाे नेतृत्वमा गठित छानविन समितिका सदस्य वसन्त गाैतमलाई हुप्सेकाेट सेवा केन्द्रमा छानविनकाे समयमा नै थ्रीटन दिएकाे कुरा समेत बाहिर अाएकाे छ । छानविन समिति उक्त सेवा केन्द्रकाे हिसाब किताब हेरि रहेकै समयमा केही युवकहरु कार्यालय प्रवेश गरि छानविन समित सदस्य गाैतमकाे नाम लियरै थ्रीटन दिएका थिए । समितिले अाफुहरुलाइ अशुरक्षित महसुस गरि जिल्ला प्रहरी कार्यालयबाट सुरक्षा माग गरि घर फर्कियका थिए ।

SHARE