रेडियो सामर्थ्य 
कावासाेति, जेष्ठ १०
काेरना संक्रमितकाे सख्याबढे सगै विभिन्न स्वास्थ्य केन्द्रहरुमा अारडिटि परिक्षण र स्वाब संकलन गर्दा स्वास्थ्यकर्मिलाई समेत संक्रमण नहाेस भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संध नेपाल नवलपुरले मध्यविन्दु जिल्ला अस्पताललाइ रु ६३ हजार बराबरकाे १ थान स्वाब सन्कलन बुथ प्रदान गरेकाे अनेरास्ववियु नवलपुरका अध्यक्ष ठाकुर पराजुलीले जानकारी दिनुभयाे ।
स्वाब सन्कलन बुथ प्रतिनिधि सभा सदस्य तिलक महतले अाज( सनिवार ) अनेरास्ववियु र राष्ट्रिय युवा संध नवलपुरले तयार पारेकाे बुथ मध्यविन्दु जिल्ला अस्पतालका अध्यक्ष डा. गाेपाल खनाललाई अस्पताल परिसरमा हस्तान्तरण गरिएकाे छ ।
स्वाब सन्कलन बुथ हस्तान्तरण गर्दै सासद महतले युवा सध र अनेरास्ववियुले विपतकाे समयमा अग्रस्थानमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरि समाजमा रचनात्मक कार्य गरेकाे भन्दै प्रशंसा गर्नुभयाे ।
अस्पताल समिति अध्यक्ष डा खनालले स्वाब सन्कलन बुथ हस्तान्तरण गरेकाेमा धन्यवाद व्यक्त गर्नु भयकाे थियाे ।

SHARE