सागर पाेखरेल
कावासाेति,जेष्ठ १६
प्रधानमन्त्रि राेजगार कार्यक्रम अन्तरगत कावासाेति नगरपालिका भित्र ५ बटा वडा कार्यालयबाट सम्झाैता गरि काम शुरु गरिसकिएकाे छ ।
प्रधानमन्त्रि राेजगार कार्यक्रम अन्तरगत प्रती दिन श्रमिक (राेजगार) लाई नेपाल सरकारकाे निर्णय बमाेजिम ५८०/- भुक्तानी दिने प्रावधान रहेकाे छ भने हरेक श्रमिकलाई १५ दिन राेजगार प्रदान गरिने भएकाे छ ।
नगरपालिकाकाे चितवन राष्ट्रिय निकुञ्ज सग जाेडिएका वडाहरुले निकुञ्ज क्षेत्र भित्र रहेका वडा न ७,१०,१२, १३,१५ र १७ ले सामुदायिक वन भित्र सिमसार क्षेत्रकाे सरसफाई र फायर लाईन निर्माण काम लगाउने निर्णय अनुरुप वडा न ७,१०, १५ र १७ ले काम शुरु गरेको छ ।
बन तथा बन्यजन्तु संरक्षण गर्दै पर्यटन क्षेत्रकाे विकास र प्रवर्दनकालागि प्रधानमन्त्रि राेजगार अन्तरगत फम भरेका लागि निकुञ्ज क्षेत्रकाे सिमसार क्षेत्र सरसफाई गर्न लागिएकाे वडा न १५ का वडा अध्यक्ष देवनारायण महताेले बताउनुभयाे ।
राेजगारमा सहभागी हुनेहरुलाई कावासाेति १५ अन्तरगतकाे गुन्द्रुहि ढकहा मध्यवर्ती अन्तरगतकाे २ किलाे मिटर उल्टाैलि धाेलमा २४ जनालाई १५ दिन काममा काम लगाउने कार्य थालनि गरिएकाे वडा अध्यक्ष महताेले बताउनुभयाे ।
त्यस्तै प्रधानमन्त्रि राेजगार अन्तरगत वडा न १७ काे ढकाहा जंगलमा फायर लाईन विस्तार र खाेल्ने कार्य शुरु गरिएकाे वडा न १७ का वडा अध्यक्ष छविलाल महताेले जानकारी दिनुभयाे । वडा न १७ मा २४ जनालाई राेजगार दिईरहेकाे वडा अध्यक्ष महताेले जानकारी दिनुभयाे ।
त्यस्तै कावासाेति नगरपालिकाकाे वडा न ७ र १० ले कष्णशार सामुदायिक वनमा फायर लाईन वडा न १२ ले शान्ति निकुञ्ज र वडा न १३ ले नमुना सामुदायिक वनमा फायरलाईन तथा सिमसार क्षेत्र सर सफाई गर्ने जनायका छन । चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतकाे अमलटारि मध्यवर्ती र लामिचाैर उपभोक्ता समिति भित्रका ४ बटा सामुदायिक वनहरु गुन्द्रहि, नमुना, कृष्णशार र शान्ति निकुञ्ज सामुदायिक वनमा ईकाे काेरिडाेर निर्माण गर्ने भएका छन ।
ईकाे काेरिडाेरका संयाेजक तथा वडा न १५ का अध्यक्ष देवनारायण महताेका अनुसार सामुदायिक वनमा ईकाे काेरिडाेर निर्माण गर्दा अग्नि नियन्त्रण , पर्यापर्यटनकाे विकास , बन्यजन्तुलाई समेत हाे हल्ला नहुने र पर्यटनहरु जंगल सफारि गर्दा दाेहाेराे बाटाेकाे प्रयाेग गर्न पाउने भएकाले सामुदायिक वन क्षेत्रका वडाहरुले प्रधानमन्त्रि राेजगार कार्यक्रम अन्तरगत राेजगार लिन चाहने वडाबासिहरुलाई सामुदायिक वनमा काम लगाईएकाे बताउनुभयो ।

वडा नम्बर ५ मा भने मिलन संचाई वाध निर्माण तथा कुलाे निर्माण कार्यमा लगायकाे वडान ५ का वडा अध्यक्ष हरि प्रसाद वास्ताेलाले जानकारी दिनुभयाे ।

कावासाेति नगरपालिकाकाे ९ वडामा प्रधानमन्त्रि राेजगार कार्यक्रम संचालनका लागि निर्णय भए पनि हाल सम्म नगरपालिकाकाे ५ बटा वडाहरुमा कार्यक्रम लागू भै सकेकाे छ भने ४ बटा वडामा सम्झाैता समेत भएकाे छैन । कार्यक्रम संचालन भएकाे वडाहरुमा ५,७,१०,१५ र १७ रहेकाे छ भने सम्झाैता समेत हुन ४ बटा वडाहरु १,४,१२ र १३ रहेकाे राेजगार कार्यक्रम संयाेजक मुकुन्द सापकोटाले बताउनुभयाे ।
कावासाेति नगरपालिका भित्रका कुल ९ बटा वडाबाट १ सय ८८ जनालाई यश कार्यक्रममा सहभागी गराईएकाे कार्यक्रम संयाेजक सापकोटाले जानकारी दिनुभयाे ।

SHARE