१८ जेठ डि अार क्षेत्री , देवचुलि

काेराेना भाईरसका कारण यतिवेला विश्व महामारिकाे चपेटामा छ ,नेपाल लगायत विश्वका अधिकांश मुलुकहरु यतिवेला लकडाउनमा छन् । नेपालमा समेत उच्च सतर्कता अपनाउदा अपनाउदै पनि विभिन्न स्थानहरुमा देखा परिरहकाे छ । मानिसमा मनाेवल उच्च राख्न विभिन्न प्रयासहरु जारि राखिएको सन्दर्भमा चितवन राष्ट्रिय निकुञ्ज अासपासका बासिन्दालाई भने भिन्नै चिन्ता छ मध्यवर्ती क्षेत्रका वासिन्दाहरुकाे खेत वारिमा यतिवेला मकै बालि छ तर भित्र्याउन पाईदैन भनेर चिन्तित रहेका छन् । पुर्व नवलपरासि देवचुलिका जंगल खासपासकाे अावादिमा दिनहुजसाे रातकाे समयमा बदेलले खेति खाने गरेकाे छ ।
त्यसाे त बदेललाई विनासकारि जनावर घाेषणा गरेर खेति वालि खान अाउदा मार्न सक्ने खालकाे एेन जारि भएता पनि मार्न नसकिने वासिन्दाहरु वताउछन् ।
एक सिंगे गैडा , बँदेल लगायतका जंगली जनावर बाहिर अाउन राेक्नका लागि मध्यवर्ती उपभोक्ता समिति , नगरपालिका र सामुदायिक वन समेतकाे सयुक्त प्रयासहरु भने नभएका हाेईनन् गत अा व मा गण्डकी प्रदेशकाे समेत बीस लाख रुपयाले मानव र वन्यजन्तु विचकाे द्वन्द कम गर्न मेष जालि निर्माण कार्यक्रम सञ्चालन गरेकाे थियाे । यतिका धेरै वजेट खर्चिदा समेत पीडा उस्तै रहेकाे छ ।
नेपाल सरकारकाे वालि राहत निर्देशिकामा राहतका लागि झण्झटिलाे प्रकृया रहेकाे र राहत अाउने नअाउने समेत टुंगाे नभएको हुदा किसानहरु राहतकाे प्रकृया भन्दा दिगाे समाधानकाे उपाय खाेजिरहेका छन् । गत वर्ष लाखाै खर्चेर देवचुलि १६ का एक किसानले करिव दस विगाहामा केरा खेति लगाएका थिए निकुञ्ज भित्र वाट एक सिंगे गैडा अाएर एकैदिनमा सखाप पार्याे तर राहत भने अधिकतम् दस हजार रुपया मात्रै पाउने थाहा पाएपछि उनले बैकल्पिक खेतिकाे वारेमा साेचिरहेकाे बताए त्यस्तै गरि हामिले जनावर जाेगायाै , हाम्रै सक्रियतामा जंगल पनि जाेगियाे र अब सराेकारवाला निकायले हामी र हाम्राे खेतिवालि जाेगाउने दिन अाएकाे देवचुलि १५ का वसन्त पाेख्रेलले वताए । देवचुलि एक केउरानिका एककिसानले खर्च गरेर लगाएकाे वालि भित्र्याउन नपाएको भन्दै राम्राे धान फल्ने खेत दुई वर्ष देखि बाझाे राखेकाे बताए । बैकल्पिक खेति गर्ने भनेर पाेखरि वनाई माछा पालन गर्दा समेत देशबाहिरका समेत चराहरु अाएर माछा खाईदिएकाे एक किसानले वताए ।देवचुलि १ गर्दुवाका युवा व्यवसायि तथा कृषक राेसन पाैडेलका अनुसार लकडाउनकाे समयमा उपभोक्तालाई राहत दिनुकाे सट्टा उल्टै भित्रिन लागेकाे वालि खाईदिदा उपभोक्ताहरु अातंकित भएकाे वताएका छन् । मकै त खायाे खायाे धानकाे बीउ जाेगाउन सम्वनधित निकायले पहल गर्नुपर्ने कृषक पाैडेल वताउछन्।
शिसवार मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष नेत्र वहादुर पाण्डेका अनुसार स्थानिय तह , प्रदेस सरकार तथा संघिय सरकारमा समेत पटक पटक दिगाे समाधानकाे उपाय सहितकाे प्रस्तावना पठाईएकाे र कार्यान्वयन हुने कुरामा अाफु ढुक्क रहेकाे वताए । अध्यक्ष पाण्डेकै अनुसार याे अार्थिक वर्षमा करिव छव्विस लाख रुपया मेष जालि सहितकाे तारवार निर्माण कार्य भईरहेकाे वताए । प्रकृया पुगि अाएका निवेदनहरुकाे एक महिना भित्र नै सम्वन्धित किसानकै बैंक खातामा राहत रकम जम्मा गरेकाे निकुञ्जले जनाएको छ ।
झट्ट हेर्दा र सुन्दा काम भएकाे भए ता पनि जंगल छेउछाउका किसानहरु भने साना तथा ठुला जनावरकाे चपेटामा परिरहेका छन् । मेषजालि भत्काएर तथा खाेलाकाे बाटाे हुँदै किसानकाे खेत सम्म बँदेल पुग्ने गरेकाे छ ।
निकुञ्ज तथा सामुदायिक वन संरक्षण गर्दै जादा वन भित्र माईकेनिया झार जस्ता मिचाहा प्रजातिहरुले घासेमैदानकाे कमि हुदा जनावरहरु वालि खान बाहिर निस्किएको हुन सक्ने जानकारहरु वताउछन् । जनावरकाे चाप पनि वढेकाे हुदा वनकाे घनत्वले नधानेर पनि वाहिरिएकाे छ । प्रसस्तै घासेमैदान रहेकाे क्षेत्रहरुमा अहिले माईकेनिया , बनमारा जस्ता अनावश्यक प्रजातिहरुले भरिएकाे छ भने सिमसार क्षेत्रमा जलुकाे ,सरुवा र पटेरले ढाकेकाे छ । जलवनयु परिवर्तनका कारणले पनि सिमसार क्षेत्रहरु सुख्खा देखिन्छन् । यी क्षेत्रहरुकाे उचित व्यवस्थापन नगरेसम्म पर्खालै लगाएतापनि जनावरहरु बाहिर निस्कन नछाड्ने देखिन्छ । साथै किसानलाई राहत प्रकृया अत्यन्तै सहज गराउन सकेकाे खण्डमा वन्यजन्तुको पीडा वाट किसानहरु मुक्ति पाउने थिए ।

SHARE