सागर पोख्रेल
कावासोती, जेष्ठ, २७
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण सगै कोरना भाइरस जाँच गर्ने स्वव संकलन किट ( VTM – Viral Transport Medium) प्रयाप्त मात्रमा संधिय र प्रदेश सरकारले उपलब्ध नगरायपछि कावासोती नगरपालिका विपत व्यावस्थापन समितिले स्वव संकलन किट (VTM) खरीद गर्ने निर्णय गरेकोछ ।
कावासोती नगरपालिकाका विभिन्न वडामा निर्माण गरीएको क्वारेन्टाइनमा बस्ने अधिकाशं व्यक्तिहरु कोरना भाइरस संक्रमित क्षेत्रबाट आएको र सम्बन्धित निकायले उनीहरुको स्वाव संकलन गरी परीक्षण गर्न किट अभाव भएको जनाएपछि कावासोती नगरपालिका विपत व्यावस्थापन समितिले स्वव संकलन किट खरीद गर्ने निर्णय गरेको समिति संयोजक तथा नगर उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।
मर्दनियाका अनुसार बैठकले नगरको क्वारेन्टाईनमा बसेका व्याक्तिहरुको स्वाव परीक्षण गर्न हाललाई १५० थान किट खरीद गर्ने निर्णय गरेको जानकारी दिए ।
विपत व्यावस्थापन समिति सदस्य तथा कावासोती वडा नं. ११ का वडा अध्यक्ष सारदा अधिकारीका अनुसार किट खरीदको जिम्मा सामाग्री खरीद समितिलाई दिने र खरीद गरीएको किटबाट स्वास्थ्य शाखा मार्फत RDT परीक्षण गर्ने जिम्मेवारी समेत तोकेको बताउनु भयो ।
विपत व्यावस्थापन समितिलै नगरभित्र रहेका स्वास्थ्यकर्मी, नगर प्रहरी र चालक गरी ६३ जनाको कोरना बीमा गर्न कोटेशन मार्फत दिईएको समेत जनाएकोछ ।
१५० थान किटले तत्कालको लागी पुग्छ : स्वास्थ्य शाखा प्रमुख
कावासोती नगरपालिका स्वास्थ्य शाखा प्रमुखले तत्कालका लागी १५० थान स्वव संकलन किटले पुग्ने कृष्ण नागीलाले जानकारी दिनुभएको छ । हाल नगरपालिका भित्र रहेको क्वारेन्टाईनमा १३५ जना रहेकाले विपत समितिले खरीद गर्ने भनेको किटले पुग्ने बताउनु भएको । प्रमुख नागीलाले तर विभिन्न क्षेत्रबाट नगरवासीहरु आउने क्रम रहेकाले यसपछि आउने व्याक्तिहरुको स्वाव संकलन गर्न भने किट अभाव हुने बताउनु भयो । उहाँका अनुसार हाल सम्म विभिन्न जिल्ला र छिमेकी मुलुकबाट ४१० जना आएका मध्ये ११३ जनाको PCR र २०८ जनाका RDT गरीएको बताउनुभयो ।
उहाँका अनुसार क्वारेन्टाईनमा बसेका व्याक्तिहरुको ५ देखी ७ दिन भित्र कोरना भाइरस सम्वन्धि लक्षण देखीएमा पिसिआर र १४ दिन सम्म कुनैपनी लक्षण नदेखीएमा RDT गर्ने विश्व स्वास्थ्य संगठनको मान्यता र नेपाल सरकारको निर्णय अनुसारनै नगरपालिकाले क्वारेन्टाईनमा १४ दिन बसेका व्याक्तिहरुको RDT गरी घर पठाईएको बताउनुभयो ।
प्रमुख नागीलाले संक्रमित देखीएका व्याक्ति सगै रहेका , एउटै सवारी साधनमा आएका र क्वारेन्टाईनमा बस्दा कोरना भाईरस सम्वन्धि लक्षण देखीएका व्याक्तिहरुको भने RDT गरीएको बताउनु भयो ।
उहाँका अनुसार सोमबार मात्र १४ दिन क्वारेन्टाईनमा बसेका वडा नं. १३ का १३ जनाको RDT गरी घर पठाईएको बताउनुभयो ।

SHARE