कविता

– संंगिता सुवेदि

सास्तीले घेर्छ सिमानामा
मृत्यु पर्खेर बस्छ करेसामा
बलात्कारी ढुकेर बस्छ क्वारेन्टाइनमा
भरोसा भत्कियो मेरो
सपना पुरियो भग्नावसेसमा

घरबाट गरिबीले लखेट्यो
मुङ्लानबाट माहामारिले लखेट्यो
आमाको फाटेको चोलो जस्तै
मन फाट्यो
र म मुग्लान पसें

परदेशमा पराईबाट जोगाएको अस्मिता
घरदेशमा घरबाटै लुटियो आमा
माईती देशको त कुकुर पनि
प्यारो हुन्छ भन्थे
मेरा दाजुभाई कुकुर जति पनि
मेरा भएनन आमा

उज्यालो खोज्दै हिंड्दा
अँधेरो आँगनमा आईपुगें म
रक्षक नै भक्षक भए पछि
मेरो अस्मिताको
रक्षा गर्न सकिन आमा

म सँग मेरो लास मात्र बाँकी छ
घर लैजाउ कि चिहानमा
म सँग अँधेरो रात मात्र बाँकी छ
लामो निन्द्रा निदाँउ कि
म फेरी पर्खुं बिहानमा
भन न आमा
म घर फर्कु कि चिहानमा

SHARE