गैंडाकोट,२०असार

विश्व नै कोभिड १९ को प्रभावका कारण थलिएको छ । विश्व जनसमुदाय त्रसित प्रायः छ । यस्तोमा यो रोगबाट संक्रमित भएका कतिपयहरुको मनोविज्ञानमा पनि नकारात्मक प्रभाव परेको हुनसक्छ ।

नकारात्मक प्रभावलाई निरुत्साहित गरि संक्रमितहरुको मनोवल उँचो बनाएर रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न शनिवार संक्रमितहरूकालागि ‘कोरोनासँग काव्य’ शिर्षकमा साहित्यिक कार्यक्रमको आयोजना गरियो । नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालय परिसरमा भएको ‘कोरोनासँग काव्य’ कार्यक्रमलाई लायन्स क्लव अफ वाङ्ममययले आयोजना गरेको थियो ।  रजहरको प्राकृतिक चिकित्सालयमा झण्डै २०० जना भन्दा बढी संक्रमितहरुको उपचार भईरहेको छ । उनिहरुको मनोवल बढाउन लायन्स क्लव अफ वाङ्मयले कविता र गजलहरु मात्र वाचन गरेन,चिकित्सालयमा उपचार गराइ रहेका उनिहरु सबैलाई साहित्यिक किर्तीहरुपनि वितरण गरिएको थियो ।

नेपालमै पहिलो पटक संक्रमितहरुको माजमा कार्यक्रम गरेको हो ।  आइसुलेशन वार्डहरूमा बसेका संक्रमितहरूले कार्यक्रमको रस स्वादन गरिरहँदा आँफु पोजिटिभ छु भन्ने कुरा पनि विर्सिएको महसुस गरेका थिए, जुन कोभिड १९ बाट मुक्त हुनकालागि अचुक औषधी मध्येको एउटा हो । उक्त कार्यक्रम आईसुलेशन वार्डवाट सजिलैसँग देख्न र सुन्न सकिने गरि दुरी कायम गरेर गरिएको “कोरोनासँग काव्य” कार्यक्रमको अध्यक्षता रामहरी शर्मा ‘शराह’ ले गर्नुभएको थियो, जहाँ क्लवका को-चिफ एरिया कोअर्डिनेटर होमनाथ जैशी कार्यक्रमको प्रमुख अतिथी रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिहरुमा प्रकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्री र डा विनोद पौडेल रहनुभएको थियो । गोर्खे साईलोले संचालन गर्नुभएको उक्त कार्यक्रमलाई लायन्स सुजन अधिकारीले सहजिकरण गर्नुभएको थियो ।

SHARE