नवलपुर

गण्डकी प्रदेश सभा सदस्य तथा नेकपा नवलपुर जिल्ला अध्यक्ष रोशन बहादुर गाहाले संचारकर्मी तथा पत्रकारहरुले समाजका सबै क्षेत्रमा कलम चलाउने भएकोले संचारकर्मीले चलाएको कलमले सरकार समेत सचेत हुने शुक्रबार नेकपा नवलपुरको कार्यालयमा प्रेस संगठन नवलपुरका सदस्य सग अन्तरक्रिया गर्दे उक्त कुरा बताउनु भएको बताउनु भएको छ ।
लक डाउनले पत्रकारहरुमा परेको प्रभावको अवस्थामा जिल्लामा रहेका प्रेस संगठनका सदस्यहरु सग कुरा गर्दै उहाँले संचार क्षेत्रले कोरनाको समयमा आम जनमानसमा सचेतना मुलक सन्देश, सुचना र समचार सम्प्रेशण गरी सु सुचित गराएको भन्दै पत्रकार तथा संचारकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्दे संगिय र प्रदेश तथा स्थानिय सरकारले गरेका राम्रो कामहरु नागरीको बीचमा लैजान समेत आग्रह गर्नुभयो ।
गण्डकी प्रदेश सरकारले खानेपानीका लागी देवचुली नगरपालिकामा लगानी गरेको बताउदै समग्र गण्डकी प्रदेश भित्र रहेका जिल्लाहरु मध्ये नवलपुर जिल्लामा पुर्वाधार निर्माण्मा सबै भन्दा धेरै रकम विनियोजन गरेको समेत उहाँको भनाई रहेको थियो ।
प्रदेश सरकारले यसै यस आर्थिक वर्षमा नवलपुर जिल्ला हुदै तनहुको भिमाद देखी पोखरा जोड्ने सडकाको डिपिआर तयार गर्ने बताउनु भयो । नवलपुर जिल्लामा रहेका आठ बटा स्थानिय तह मध्य बुलिङ्गटाँर गाँउ पालिकामा सडक निर्माणमा धेरै रकम विनियोजन भएको समेत बताउनु भयो ।

SHARE