कावासोती, श्रावण १७
गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पृथ्वी सुव्वा गुरुङ्गले पार्टी भित्र अहिले देखिएको विवाद महाधिबेशनबाट मात्र सामधान गर्न सकिने बताउनुभएको छ ।
प्रेस संगठन नेपाल नवलपुर शाखाले शनिवार कावासोतीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले भने,– दुबै पाटी अध्यक्ष महाधिवेशनबाट निर्वाचित हुनुहून्छ त्यसैले एकताको महाधिवेशनबाट नयाँ नेतृत्व छनौट गर्दा हुन्छ ।
उहाँले ओली र दाहाल दुबै अध्यक्ष निर्वाचित अध्यक्ष भएकाले महाधिवेशनले मात्र नेकपाको अध्यक्ष परीवर्तन गर्न सकिने बताउनुभयो । अहिलेको अबस्थामा हाम्रो पार्टी भित्र दुई अध्यक्ष छन् , दुबैलाइ महात्रिवेशन अघि छोड भन्न मिल्दैन । उहाँले प्रचण्ड र ओली दुबै निर्वाचित अध्यक्ष भएकाले अरु कुनै पनि तरिकाबाट हटाउन नमिल्ने बताउनुभयो ।
पार्टी एकता कायम रहन पर्छ भन्ने पक्षमा निरन्तर पैरवी गर्दै आएका मुख्यमन्त्री गुरुङ्गले छिटो भन्दा छिटो एकता महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले विवाद समाधानको एउटै विकल्प भनेको महाधिवेशन नैं हो, छिटो महाधिवेशन गरेर समाधान खोज्नु पर्छ । वामदेव गौंतमले विवाद समाधानका लागि राखेको प्रस्तावमा आफु पुर्ण रुपमा सहमत रहेको समेत उहाँले बताउनुभयो ।
जनताले प्रधानमन्त्री ओलीलाई ५ बर्षका लागि नेतृत्व गर्न र दिनुपर्ने धारण राख्नुभयो ।
मिडियाला प्रवद्धनमा ६२ लाख विनियोजन
मुख्यमन्त्री गुरुङ्गले फरक प्रसंङ्गमा प्रदेश सरकारले २ बर्ष सम्म मिडिया प्रवद्धनमा सहयोग नगरेको स्वीकार्दै यस आर्थिक बर्ष देखी प्रदेश सरकारले मिडिया प्रवद्धनका लागी ६२ लाख रुपैया विनियोजन गरेको समेत बताउनु भयो ।
मुख्य मन्त्री गुरुङ्गले नवलपुर संग भारतिय नाका जोडिएकाले पनि यसको आफ्नै महत्व भएको उनको भनाई थियो । उनले दुम्कीवास त्रिवेणी सडक निर्माणका लागि निकुन्जले अबरोध गरेको भन्दै त्यसका लागि आफुले निरन्तर पहल गरिरहेको बताए ।
मुख्यमन्त्री गुरुङ्ग नेकपा प्रदेश कमिटि सदस्य कुल चन्द्र महतोको शोकसभामा सहभागी हुन नवलपुर आउनु भएको थियो । सो अवसरमा उहाँले नारायणी नदीले कटान गरेको क्षेत्र, राष्ट्रिय थारु संग्रहालय र प्रकृतिक चिकित्सालयको अवलोकन समेत गर्नुभएको थियो ।

SHARE