सामर्थ्य अनलाईन (रेडियो सामर्थ्य ९२.१)
कावासोती, बैशाख २६
नवलपरासी जिल्लामा चालु आर्थिक बर्षमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १ सय ८२ वटा उजुरी परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख दिनेश आचार्यका अनुसार नवलपरासी जिल्लामा यस आर्थिक बर्षको हाल सम्मको अवधिमा बिभिन्न खालका अनियमितता कुल १ सय ८२ वटा उजुरी परेको बताउनु भयो । जिल्लामा हुने बिभिन्न अनियमितताका उजुरीमा सबै भन्दा धेरै शिक्षा क्षेत्रका उजुरी पेरको प्रमुख आचार्यले बताउनु भयो । नवलपरासी जिल्लाबाट शिक्षा क्षेत्रका १ सय १० वटा उजुरी परेको उहाले बताउनु भएको छ । शिक्षा क्षेत्रमा परेको उजुरीमा शैक्षिक सामाग्रि खरिदमा अनियमितता,बिद्यालयको एउटा शिर्षकको रकम अरु शिर्षकमा लगाउने गरेको ,बिद्यालयको रकम ब्यक्तिलाई ब्याजमा लगाउने गरेको लगाएतका उजुरी परेको प्रमुख आचार्यले बताउनु भयो । यस बाहेक नवलपरासीमा स्थानिय निकायतर्फका उजुरी,स्वास्थ्य,वन , मालपोत कार्यालयका उजुरीहरु परेको उहाले बताउनु भयो । आयोगका प्रमुख आचार्यका अनुसार सुसासन प्रर्वद्धन वाट जनतालाई सहज सेवा प्रवाहमा सहजता मिल्ने अपेक्षा लिएको वताइएको छ ।

SHARE