साउन २६, कावासाेति                    स्वाव सकंलन गर्दै बैकका कर्मचारि तथा शाखा प्रवन्धकहरु                    साेमबार १३० जना बैकर्स सहित, पत्रकार , शुरक्षाकर्मि सहित कावासोतीमा १ सय ९३ जनाको स्वाव संकलन गरिएकाेछ । छिमेकि जिल्लामा राष्ट्रिय बाणिज्य बैकमा कार्यरत कर्मचारिमा कोरना भाईरस कोभिड १९ को संक्रमण देखिएसगै कावासोतिमा रहेका बैकर्सहरुको आज स्वाव संकलन गरिएको छ ।
कावासोति क्षेत्रमा रहेका बैकको फ्रन्टलाईनमा काम गर्ने १३० जना कर्मचारिहरुको आज स्वाव संकलन गरिएको कावासोति बैकर्स क्लव कावासोतिका अध्यक्ष गोपाल खनालले बताउनुभयो ।
कावासोति क्षेत्रमा रहेका बैकहरुको शाखा प्रवन्धकहरुको भेला गरि २० दिन पहिला कावासोति बैकर्स क्लव गठन गरेको थियो सोहि क्लवले जिल्ला प्रशासन र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा कावासोति भित्र रहेका बैकका कर्मचारिहरुको आज मध्यविन्दु जिल्ला अस्पताल परिसरमा स्वाव संकलन गरेको हो ।
आजै जिल्लामा रहेका स्वाव परिक्षण गर्न बाकि रहेका केही पत्रकार, सुरक्षाकर्मि गरि १९३ जनाको पनि स्वाव संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

SHARE