भदाै, २

काेरनालाई जितेपछि निराेगिताकाे प्रमाण पत्र हस्तान्तरण गर्दै अस्पताल समित

रजहर
प्राकृतिक चिकित्सालयकाे अाईसाेलाेशनबाट ३ जनाले काेरना जितेर अाज घर गएका छन ।
रजहरमा रहेकाे प्राकृतिक चिकित्सालयमा अाईशाेलाेशनमा बसेका २ पुरुष र १ महिला गरि ३ जना अाज घर फर्किएका छन ।
देशकै विश्वाशिलाे बनेकाे यस प्राकृतिक चिकित्सालयबाट हाल सम्म काेरनालाई जितेर घर फर्किनेकाे सख्या ३२१ पुगेकाे अस्पतालका व्यावस्थापक हरि सापकोटाले जानकारी दिनु भयाे ।
यस अस्थायि काेरना अस्पतालमा रहेका मध्ये विनयि त्रिवेणीका १ र गैडाकाेटका २ जनाकाे गत श्रावण ३१ गते स्वाव संकलन गरि पाेखरा पठाईएकाेमा उनिहरुकाे अाज काेरना नेगेटिभ रिपोर्ट अाए सगै उनिहरुलाई बिदाई गरिएकाे अस्पतालका निर्देशक डाक्टर विनाेद पाैडेलले जानकारी दिनुभयाे ।
अाज बिदाई भएका ३ जनानै भारतबाट अाई क्वारेन्टाइनमा बसि काेरना पाेजेटिभ देखियपछि रजहरकाे अाईसाेलेशनमा बसेका थिए ।
अहिले रजहरकाे अस्थायि काेरना अस्पतालमा ३ महिला सहित १३ जना अाईशलेशनमा रहेका छन ।

SHARE