कोरना जीतेर आएका संक्रमितहरुलाई नगर भित्र होम आइसलेशनमा रहेका संक्रमितहरुलाई मनो परामर्श

अशोज , ५
पुर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरना संक्रमित भई निको भएका निसंक्रमित व्याक्तिहरुले कोरोना निसंक्रमण अभियान संचालन गरेका छन । पुर्वी नवलपरासी जिल्लाको सदरमुकाममा रहेको कावासोति नगरपालिकाले नगर भित्रका कोरोनालाई परास्त गरी १० दिन होम क्वारेन्टाइन बसिसकेका व्याक्तिलाई स्वयम् सेवकको रुपमा परीचालन गर्ने निर्णयको स्वागत गर्दै निसंक्रमितहरुले नगरपालिका सगको समन्वयमा अभियान संचालन गरेका छन ।
नगरपालिका विपत व्यावस्थापन समितिले नगरभित्र रहेका कोरना जीतेर आएका संक्रमितहरुलाई नगर भित्र होम आइसलेशनमा रहेका संक्रमितहरुलाई मनो परामर्शदाताको रुपमा नियुक्ती गरी अभियान संचालन गर्ने निर्णय गरीएको विपत व्यावस्थापन समिति संयोजक तथा कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिनुभयो ।

आइरलेशनमा बसेका व्याक्तिबाट परार्मश प्रदान

रजहरमा रहेको अस्थाई कोभिट अस्पतालमा समेत आइसलेशन भरीएकोले नयाँ संक्रमितहरुलाई अहिले होम आइसलेशनमा राखीएको, नगरको स्वास्थ्यसेवा केन्द्रमा कार्यरत कर्मचारी समेत कोरना संक्रमित देखीएकोले निसंक्रमितहरुद्धारा प्रदान गरीएको बताए । उनले संक्रमित भइ आइरलेशनमा बसेका व्याक्तिबाट परार्मश प्रदान गर्दा बुझाउन र संक्रमितले बुझ्न समेत सहज भएको उहाँहरुले परामर्श प्रदान गरेपछि सामाजमा समेत संक्रमितलाइ हेर्ने दृष्टिकोणमा समेत फरक आएको, अभियान प्रभावकारी भएको बताए ।
संक्रमित परीवारको घरमा पुगी उनीहरुलाइ परामर्श प्रदान गर्दा आन्नद प्राप्त भएको, संक्रमित भएर होम आईशोलेशनमा बसेकाहरुले निको भई आएर अनुभव बाड्दै हिड्दा आफुहरुमा पनि हौसला बढ्नुका साथै हर्षित महशुस भएको जिल्लाकै पहिलो संक्रमित पत्रकार तथा रेडियो सामथ्र्यका प्रवन्ध निर्देशक सागर पोखरेलले बताए ।
संक्रमितलाई आवश्यक स्वास्थ्य तथा आर्युवेदिक र जडीवुटी सहित आफुहरुले देशकै उत्कृटि मानीने प्राकृतिक चिकित्सालयको आइसलेशनमा रहदा सिकाइ सहित घरदैलो अभियान गरेको संचार उद्यमी भरत शर्मा पोखरेलले बताए ।
निसंक्रमण भै स्वयंसेवी भावनाले थालेको अभियानका अभियानकर्मीले आयुवेर्दिक र जडीबुटीजन्य औषधि, मह, जलनेती भाँडो र वाफ लिने भाडो संक्रमितलाई उपलब्ध गराएका छन् ।
अभियानमा संक्रमितका व्याक्तिलाई आयुवेर्दिक र जडीबुटीजन्य औषधि ( अशोगन्धा, गुरुची), मह, जलनेती गर्ने भाँडो र वाफ लिने भाडो उपलब्ध गराईएको गराईएको पत्रकार रमेश बस्ताकोटीले बताए ।
नगर क्षेत्र भित्र संचालन गरीएको अभियान समाजका लागि उदाहरणीय कार्य रहेको भन्दै संक्रमितलाई प्रदान गरीने सामाग्रीहरु स्वतशफुर्त रुपमा सहयोग गरेका छन । नगरपालिका र प्राकृतिक चिकित्सालय रजहरले जडीबुटीजन्य औषधि ( अशोगन्धा, गुरुची) उपलब्ध गराएको छ ।
संक्रमण पुष्टि भएपश्चात् प्राकृतिक आईशोलेशन रजहरबाट संक्रमणमुक्त भई फर्किएका सामाजिक क्रियाकलापमा संलग्न पत्रकारहरु सागर पोख्रेल, रमेश बस्ताकोटी, अर्जुन अबिरल र संचार उद्यमी भरत पोख्रेल सहित कावासोती नगरपालिकाका बिपत् ब्यवस्थापन समिति सहित घरदैलो अभियानमा सहभागीता रहेको छ ।

SHARE