डि अार क्षेत्रि                                                            कावासाेति,   असाेज ,२२
नारायणी नदिमा एउटा गैडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रय निकुञ्ज कार्यालयका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजी भन्ने स्थानमा गैडा मृत फेला परेको हो ।

निकुञ्ज प्रसासनकाे डुङ्गा गस्तिको टोलीले बुधबार अपरान्ह एक वयस्क गैंडा मृत अबस्थामा फेला पारेको उहाँले बताउनुभयो । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुवेको अवस्थमा फेला परेको गैडाको खाग र खुर भने सुरक्षित रहेको रामले बताउनुभयो । यस अधि साैराहा सेक्टरमा र त्रिवेणीमा एक एक वटा गैडा प्राकृतिक कारणले मरिसकेकाे थियाे ।पछिल्लो एक सातामा मात्रै चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैडा मृत भेटिएका छन ।उक्त तिनवटा मध्य २ वटा नारायणि नदिमै डुवेर मृत्युकाे सिकार भएका छन् । यो आर्थिक बर्षमा मात्र ८ वटा गैडाकाे मृत्यु भै सकेकाे छ ।
विज्ञहरुका अनुसार भेलाैजि घाटदेखि तल पानिकाे वहाव एकदमै ठुलाे तथा दुवै तर्फ चुरे पहाड भएकाे हुदा माथिवाट वग्दै तल पुगेका अधिकांश गैडाहरु डुवेर मर्ने गरेका छन् । तैरिएर उत्रन सफल भएकाहरु भने भारतकाे उत्तर विहार स्थित वाल्मीकि टाईगर रिजर्भकाे जंगल पुग्नकाे विगतमा देखि सकिएकाे छ ।
नारायणी नदिका किनाराहरुमा वनताकाे तटवन्धन नामक कार्य सञ्चालनमा छ । यसकाे कारण वग्दै गरेका गैडाहरु सहजै निस्कन सक्दैनन् । उचित घासेमैदानकाे कारण खाद्यान्नकाे अभाव , राेग र बाढिका कारण एक सिंगे गैडा वचाउन चुनाैति झन् थपिएकाे छ ।

SHARE