अशााेज २३, कावासोती                                     आफ्नो नगरक्षेत्रका विभिन्न बिद्यालयहरुले आंशिक रुपमा पठन पाठन सुरु गरेपछी कावासोती नगरपालिकाले शुक्रबार बिभिन्न बिद्यालयहरुको अनुगमन गरेको छ ।
बिद्यालयले नगरपालिकाले तोकेको आबश्यक मापदण्ड पालना गरे नगरेको , नगरपालिकाले बनाएको कार्यबिधी अनुरुप पढाइ संचालन भए नभएको बारेमा अनुगमन गरिएको नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक प्रेम शंकर मर्दनिया थारुले जानकारी दिए । उनले भने ,”स्थलगत रुपमा नै स्कुलमा पुगेर अनुगमन गर्दा अधिकांशले तोकिएको मापदण्ड पूरा गरेका छन् , केही कमजोरी भएका स्थानमा सुझाब दिएका छौंं । ” उनले बिद्यालयहरुले बिहान देखि अपरान्ह सम्म नै फरक फरक समयमा फरक फरक कक्षाका बिद्यार्थीलाइ बोलाएर शिक्षा प्रदान गरेकाले त्यति धेरै जोखिम आफुले नदेखेको बताए ।
अनुगमन समितिका सदस्य एबम् नगर शिक्षा अधिकारी क्षेत्र बहादुर भन्डारीले केही स्कुलमा कक्षा १ भन्दा मुनिका बालबालिकालाई समेत बोलाएर पढाएको देखिएकोले उनिहरुलाई बिद्यालय नबोलाउन र बैकल्पिक विधि अपनाउन निर्देशन दिएको बताए । उनले भने,” स्वास्थ्यका मापदण्ड का बारेमा पनि आबश्यक निर्देशन दिएका छौं , सिकाई प्रक्रिया र अन्य आबश्यक कुराहरुलाई पालना गर्न भनेका छौं ।” उनले नगरपालिकाले अनुगमनलाई निरन्तरता दिने बताए ।
शुक्रबार नगरको वडा नम्बर २ र ३ मा रहेका सस्थागत तथा सामुदायिक बिद्यालयहरुको अनुगमन गरिएको थियो ।
अनुगमन समितिमा उपप्रमुख मर्दनिया , शिक्षा शाखा प्रमुख भन्डारी सहित नगर शिक्षा स्रोत शिक्षक तिर्थ कण्डेल , कावासोती वडा नम्बर २ का सदस्य शिव पाण्डे , पत्रकार रमेश  बस्ताकोटी , सागर पोख्रेल लगायतको सहभागिता रहेको थियो।

SHARE