कावासोती, कार्तिक २६

नवलपुर उधाेग बाणिज्य संघ द्वारा जारि शाेक विज्ञप्ति

नवलपुर उद्योग वाणिज्य संघ नवलपुरले आज एक शोक बिज्ञप्ती जारी गरेको छ । नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोख्रेलद्धारा जारी शोक विज्ञप्तीमा नवलपुर उद्योग बाणिज्य संध कार्य समिति सदस्य पुर्ण प्रसाद न्युरेकोमिति २०७७ कात्तिक २५ गते स्वास्थ्य उपचारको क्रममा भरतपुर अस्पतालमा असामाहिक निधन प्रति आज वसेको आकष्मिक बैठकले भावपुर्ण श्रद्धान्जली अपर्ण गरेको छ ।
संघद्धारा जारी बिज्ञप्तीमा नवलपुर वासीले एक होनाहार व्यवसायी,उद्यमी,गुमाउनु परेको जनाएको छ । संघले शोकाकुल परिवारजन प्रति भावपुर्ण संवेदना समेत अपर्ण गरेको छ ।
स्वर्गिय न्युरे नवलपुर उद्याोग वाणिज्य संघमा क्षेत्रीय सदस्यको रुपमा नवलपुर उद्योग वाणिज्य सघमा प्रतिनिधीत्व गनुभएको थियो । उहाँले कावासोति ८ मा हंस खाद्य सप्लायर्स र मध्यबिन्दु १ मा संचालीत आशिवार्द एग्राफुड्स .प्रा.लि.को संञ्चालक समेत रहनुभएको थियो ।
नवलपुर उद्योग वाािण्ज्य संघ नवलपुरको आज सम्पन्न शोक बैठकले स्वर्गिय न्युरे प्रति श्रद्धाञ्जली एवम् परीवार जनप्रति समवेदना स्वरुप कात्तिक २७ गते (१ दिन) नवलपुरका उद्योगी व्यवसायीहरुलाई बजार बन्द गरिदिनुहुन सबैमा अनुरोध समेत गरेको छ ।

SHARE