कावासोती, कार्तिक २८

अार्थिक सहयाेग प्रदान गर्दै, पाण्डे परिवार , साथमा नगर उप प्रमुख प्रेेेम शंकर मर्दनिया  ।

कावासोती–२ बस्ने सीता पौडेलललाई कावासोती–३ बस्ने पाण्डे दम्पतीलाई आर्थिक सहयोग गरेका छन ।
कावासोती –३ का पाण्डे एग्रेभेटका संचालक ध्रव पाण्डे र उहाको श्रीमती कुमारी पाण्डेले उपचारकालागी नगद २१ हजार सहयोग गरेका हुन ।
पौडेल २०७० साल देखी दुबै मृगौला फेल भएपछि सातामा २ पटक डाइलोसिस गर्दै आउनु भएको छ ।
मृगौला पिडीत सीतापौडेलको उपचारार्थ सहयोग गरीदिन गरीमा विकास बैक कावासोतीमा बैक खाता नं. १७०१३००६९५०२०००००१ समेत खोलीएको छ ।
पिडित परीवार आर्थिक रुपमा समेतविपन्न भएकाले सहयोग गरीदन कावासोती नगरपालिकाका वडा नं. २ का अध्यक्ष लक्ष्मी पौडेलले आग्रह गर्नुभयो ।
सहयोग रकम हस्तान्तर गदैृ कावासोती नगरपालिकाका उप प्रमुख प्रेमशंकर मर्दनियाले नेपालीहरु मानविय सहयोगमा सदैव अगाडी छन भन्नेकुरा पाण्डे परीवारले मृगौला पिडित परीवारलाइृ गरेको सहयोगले प्रष्ट पारेको बताउदै अन्य सहयोगी मनहरुले समेत सहयोग गरीदिन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले स्वास्थ्य शाखाबाट प्रदान गरीने सेवा सुविधा र डाइलोसिसका लागी गरीर्नुपनै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मृगौला पिडित पौडेलको एक श्रीमान र २ छोरा रहेका छन ।
घरमा कमाउन सक्ने नभएकाले उपचार गर्न आर्थिक कठिनाइ रहेको छ ।

SHARE